धनगढी,२९ कार्तिक । डडेल्धुरामा भन्सार छलीको सामान फेला परेको छ । बिहीबार परशुराम नगरपालिका–१२ बाट अन्दाजी १९ हजार ७०० मूल्यको भन्सार छलीका सामानहरु फेला परेको हो ।
इलाका प्रहरी कार्यालय जोगबुढाले बेवारिसे अवस्थामा रहेका तोता बिँडी, जिरा, प्लाष्टिकको माला, बिन्दी र उनि सुट फेला पारी बरामद गरेको जनाएको छ ।