धनगढी २४ माघ- दैलेख जिल्ला आठबीस नगरपालिका ८ तिलेपाटाकी व्लड क्यान्सर पिडित हैतना बडुवाललाई आर्थिक स्रोत जुटाउन धनगढीमा संकलन अभियान सुरु भएको छ ।
धनगढी जेसिजका उपाध्यक्ष तथा नेपाल विद्यार्थी संघ कैलाली बहुमुखी क्याम्पसका नेता मनिष कुँवरले सो अभियान थालनी गरेका हुन् । अर्थिक स्थिती कमजोर भएकी १४ बर्षिया हैतना वडवालको उपचारका लागि ३६ लाख खर्च लाग्ने भएको पिडितका परिवारले आर्थिक सहयोग गर्न सबैमा अनुरोध गरेका थिए ।
कलिलै उमेरमा व्लड क्यान्सर पिडित हैतनालाई जिवन रक्षाका लागि आफुले धनगढीमा हैतना बडुवाल बचाउ अभियान सुरु गरेको नेवि संघका नेता मनिष कुवरले सुदूरपत्र अनलाइनलाइ जानकारी दिए । विद्यार्थी नेता कुँवरले धनगढी समाजसेवी व्यापारीहरुबाट आर्थिक सहयोग संकलन अभियान सुरु गरेका हुन् । उनले हाल संम्म बिभिन्न क्षेत्रबाट एक लाख आठ हजार दुई सय ६१ रकम संकलन गरिसकेका छन् । सबै संकलित रकम काठमाण्डौ शिक्षण अस्पतालमै गएर बिरामीलाई हस्तान्तरण गर्ने कार्यक्रम बनाएको बिद्यार्थी नेता कुँवरले सुदूरपत्र अनलाइनलाई जानकारी दिए ।
हाल व्लड क्यान्सर पिडित हैतना बडुवाल त्रिभुवन शिक्षण अस्पताल, काठमाण्डौ बेड नम्बर ६१३ ए, व्लड क्यान्सर पिडित आर्थिक समस्याका कारण उपचारबाट छटपटाई रहेकिछिन् । नेता कुँवरले सबैले यसरी आफ्नो क्षेत्रबाट सहयोग गरेमा वडवालको जिवन रक्षाका लागि पहल गरिदिन समेत आग्रह गरेका छन् ।
सहयोगीहरुको रकम र नामावली सहित
१–मोहित क्षेत्री, धनगढी हाल अमेरिका रकम १५,२६१।–
२–एकेन्द्र कुवर, काठमाण्डौ रकम १०,००।–
३–कमल कुँवर, अमेरिका रकम १०,००।–
४–रवि खड्का, धनगढी रकम ५,०००।–
५–महोश्वर ओझा धनगढी, रकम ५,०००।–
६–लोकराज भट्ट धनगढी, रकम ५,०००।–
७–ईन्द्र बिनाडी, धनगढी, रकम ५,०००।–
८–राकेश चन्द, धनगढी, रकम ५,०००।–
९–गोकुँल कुवर, धनगढी, रकम ५,०००।–
१०–एलिसा भण्डारी, धनगढी, रकम ५,०००।–
११–शम्भु लामिछाने, धनगढी, रकम ५,०००।–
१२–शमसेर कुँवर, धनगढी, रकम ५,०००।–
१३–डिल्ली भट्ट, धनगढी, रकम ५,०००।–
१४–मदन भट्ट, धनगढी, रकम ५,०००।–
१५–मनिष कुँवर, धनगढी, रकम ५,०००।–
१६– नरेश कुँवर, धनगढी, रकम ५,०००।–
१७–निर्माण व्यबसायी संघ कैलाली, रकम ५,०००।–
१८–प्रमिला लम्साल, धनगढी, रकम ३,०००

