धनगढी, माघ २४- सुदुरपश्चिम प्रदेशमा हत्याका घटनाहरु बढ्दै गईरहेको प्रति नेपाली काँग्रेस गसुदूरपश्चिम संसदीय दलको ध्यानाकर्षण भएको छ । संसदीय दलले एक विज्ञप्ती जारी गर्दै हत्या घटनााहरु बढ्नुले यस प्रदेशको शान्ति सुरक्षाको अवस्थावाट गम्भीर प्रश्न चिन्ह खडाभएको जनाएको छ । नेपाली काँग्रेस संसदीय दलको नेता डाक्टर रणबहादुर रावलद्धारा जारी विज्ञप्तीमा पछिल्लो केही दिन यता भएका हत्याका घटनाहरु प्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो ।
अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिकावडा नम्वर–२ का वडाध्यक्ष पदमबहादुर धामी गएको माघ २० गते मृत अवस्थामा भेटिएको भन्दै जनप्रतिनिधिको नै यसरी रहस्यमय हत्या हुनु यस प्रदेशको शान्ति सुरक्षाको अवस्थावाट गम्भीर प्रश्न चिन्ह खडा भएको उल्लेख गरिएको छ । गएको माघ १८ गते गोदावरी गोदावरी नगरपालिका–२ अत्तरियामा उर्मिला बिष्ट (कार्की) को शव शंकास्पद किसिमको अवस्थामा भेटिएको साथै गएको माघ २२ गते साँझ सुदूरपश्चिम प्रदेशको राजधानी अन्तरगत व्यस्त बजारको बिचमा रहेको कैलाली नालाको पुलमाअन्दाजी २५ बर्षिया युवतीको शव झुन्डिएको अवस्थामा शंकास्पद भेटिएकोले यी सवै घटनाप्रति नेपाली काँग्रेस गसुदूरपश्चिम संसदीयदलको ध्यानाकर्षण भएको छ ।– जारी विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्ती मार्फत सरकार शान्ति सुरक्षाप्रति गैरजिम्मेवार देखिएकोलेउ परोक्त घटनाहरुको सत्यतथ्य छानविन गरी दोषीलाई कानुनी कारवाहीको लागि सरकारसंग जोडदार माग गरेको छ । पछिल्लो समयमा सुदुरपश्चिम प्रदेशमा आत्महत्याका घटनाहरु पनि वढिरहेकोले यसलाई न्युनीकरण गर्ने कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रहेकोले प्रदेश सरकारको यो विषयमा पनि जोडदार ध्यानाकर्षण गराउँदछौं– डाक्टर रावलद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।