• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

विद्यार्थी सङ्ख्या नपुग्दा अनुदान बन्द

धनगढी,२७ कार्तिक । बैतडीको पाटन नगरपालिकामा बसाइँसराइका कारण जनसङ्ख्या घटेपछि त्यसको प्रत्यक्ष असर विद्यालयमा परेको छ । नगरपालिकाले विद्यार्थी सङ्ख्या नपुगेका विद्यालयलाई अनुदान रकम बन्द गर्ने निर्णय गरेको छ । यद्यपि कम्तीमा एक लाख मानिस बसाल्ने योजना अनुसार सरकारले पाटनमा नयाँ सहर आयोजना अघि बढाएको छ ।

नगरले तोकेको विद्यार्थी मापदण्ड अनुसार प्रारम्भिक बालविकासमा न्यूनतम २५ जना, कक्षा १ देखि ८ सम्म ११० जना र कक्षा १२ सम्म पढाइ हुने विद्यालयमा न्यूनतम कक्षा १ देखि १२ सम्म २१० जना विद्यार्थी नभए अनुदान रकम बन्द गर्ने निर्णय गरेको हो ।

पाटनका कुल १० वटा वडामा रहेका ६४ विद्यालयमध्ये ४८ विद्यालयमा नगरले तय गरेको मापदण्ड अनुसार विद्यार्थी सङ्ख्या पुग्न सकेको छैन । सङ्घीय शिक्षाको मापदण्डबाट विद्यार्थी सङ्ख्या घटाएर मापदण्ड तयार गर्दा पनि ४८ वटा विद्यालयमा विद्यार्थी सङ्ख्या अपुग भएको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले बताउनुभयो ।

नगरप्रमुख रावलले भन्नुभयो, “विद्यालयमा विद्यार्थी सङ्ख्या नभए पनि ११४ जना नगर शिक्षक पाल्नु पर्दा वार्षिक चार करोड रुपियाँभन्दा बढी रकम खर्च भइरहेको छ । नगरको आन्तरिक स्रोत ५० लाखभन्दा बढी छैन । सङ्घीय सरकारले दिने अनुदानको रकम तलबमा मात्र खर्च गर्नुपर्दा महालेखाले पनि बेरुजु ठहर गर्दै आएको छ ।”

विकासे बजेटबाट नगर शिक्षक पाल्नु पर्ने अवस्था आएपछि यही असोजदेखि लागु हुने गरी विद्यार्थी सङ्ख्या नपुगेका विद्यालयमा अनुदान नदिने निर्णय भएको उहाँले बताउनुभयो । नगरपालिकाबाट बसाइँ सर्नेको सङ्ख्या बढेपछि विद्यालयमा विद्यार्थी कम भएको नगरप्रमुख रावलले बताउनुभयो ।

पाटन नगरपालिका–१०, सल्लोवासा स्थित सरस्वती मावि वरिपरिकै बस्ती बसाइँ सरेर तराईलगायतका बाहिरी जिल्ला गएपछि गाउँ सुनसान बनेको छ । सरकारले यहाँ सडक, विद्यालय, बिजुली र सिँचाइको व्यवस्था गरे पनि गाउँमा रोजगारी नहुँदा बसाइँ सर्ने क्रम बढेको छ ।

पाटन नगरपालिका मात्रै होइन, बसाइँसराइका कारण जिल्ला सदरमुकामको दशरथ चन्द नगरपालिकामा पनि प्रत्येक वर्ष पाँच सय विद्यार्थी सङ्ख्या घट्दै गइरहेको शिक्षा शाखा प्रमुख हरिप्रकाश भट्टले बताउनुभयो । दशरथ चन्द नगरपालिकामा रहेका ११ वटा वडामा कुल ५२ वटा विद्यालय छन् । विद्यार्थी सङ्ख्या कम भएका विद्यालय मर्ज गर्ने नगरको निर्णय काम अघि बढेको उहाँले जानकारी दिनुभयो । दशरथ चन्दमा ८२ जना नगर शिक्षक रहेका छन् । भूगोल र विद्यार्थी सङ्ख्या हेरेर विद्यालय मर्ज गर्ने तयारी भइरहेको शिक्षा शाखा प्रमुख भट्टले जानकारी दिनुभयो ।

मङ्गलबार, कार्तिक २७, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.