धनगढी२२ कार्तिक । अत्तरियामा होटेलबाट अनैतिक क्रियाकलापमा संलग्न होटेल सञ्चालकसहित युवायुवती पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका९२ अत्तरियास्थित दार्चुला होटेलबाट सञ्चालकसहित युवायुवती पक्राउ परेका हुन् ।
अनैतिक क्रियाकलाप भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको टोलीले होटेल सञ्चालकसहित एक जना महिला र एक पुरुष गरी ३ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको मालाखेती प्रहरीले जनाएको छ ।