काठमाडौं । भारतमा जारी महिला फुटबल अन्तर्गत क्लब गोकुलम केरलामा सहभागी नेपाली खेलाडी सावित्रा भण्डारी एक्लैले ५ गोल गरेकी छिन् । योसंगै केरलाले फराकिलो जीत दर्ता गरेको हो ।
शनिबार भएको खेलमा सावित्राको ५ गोलको मद्दतले गोकुलमले उडिसा पुलिसलाई ७–० गोल अन्तरले पराजित गरेको हो । यस्तै एग्बो एसपिरियन र ग्रेस लालहुनरले एक एक गोल थपेका थिए । यस सिजनमा सर्वाधिक गोलकर्ता रहेकी सावित्राले अहिलेसम्म ११ गोल गरेकी छिन् । गोकुलमले अब बेंग्लोर युनाइटेड एफसीसँग खेल्ने छ ।