धनगढी १० कार्तिक/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले निजामती कर्मचारीहरूलाई जनताको काम टेबल आए कामलाई नरोक्नुहोस् काम गर्न नसके कारण सहित लेखेरै जवाफ दिन निर्देशन दिएका छन् । जनता कर्मचारीको कामको ढिला सुस्तीले पनि निराशा बढ्दै गएकोले उनीहरूको काम गर्नमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
शनिवार नेपाल निजामती कर्मचारी युनियन सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको प्रदेश भेलालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । सरकारले बजेट शून्यतामा पनि काम गर्यो अहिले नीति तथा कार्यक्रम कार्यान्वयन गर्दै छ , कर्मचारी सरुवाको नाममा हुने आर्थिक चलखेल भएको खण्डमा सम्बन्धित कार्यालयका सचिव तथा कर्मचारीहरूलाई आफूले कारबाही गर्ने बताए ।
मुख्यमन्त्री शाहले सुदूरपश्चिम सरकारले यहाँ जुन सुकै सं सङ्गठन कर्मचारीहरू साङ्ग सरकार हातेमालो गरेर अगाडि बढ्न चाहेको छ, कर्मचारीहरू चाहेमा प्रदेश सरकारले गरेको उपभोक्ता समिति गठन नगरेर कामहरू गर्न सकिने र प्रभावकारी, पारदर्शिता अनुसार काम हुने बताए ।
त्यस्तै कार्यक्रममा शुभकामना मन्तव्य दिँदै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले नेपाल कर्मचारी युनियनले पंचायत देखि लोकतान्त्रिक गणतन्त्र हुँदै संघियता सम्मको शासन ब्यवस्थावाट देखि सकेको हुँदा संघियता कार्यान्वयन गर्न नेपाल कर्मचारी युनियन महत्वपूर्ण भूमिका रहेको बताए । नेपाली कांग्रेसले आफ्ना पाटीका कार्यक्रमहरूमा , नेतृत्वदायी भूमिकामा रहेको बेलामा कर्मचारीहरूका पेसागत हकहित बारेमा सधै चासो र चिन्तन रहेको, सुदूरपश्चिम प्रदेशमा अझै पनि ५० प्रतिशत कर्मचारीहरूको दरबन्दी रिक्त रहेको, सघिय सरकारले निजामती कर्मचारी ऎन नल्याउँदा प्रदेश सरकारले कार्यन्वयन गर्न नसकेको बताए । सङ्घीयता आयो तर अधिकार प्रत्यायोजन गर्न नसक्दा प्रदेश सरकारलाई काम कार्यान्वयन गर्न समस्या रहेको बताए ।
कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय राज्यमन्त्री प्रकाश बमले सुदूरपश्चिम प्रदेश सरकारले कर्मचारी निजामती ऎन संसदबाट पारित गरिसकेको र कर्मचारी नियमावली निकट भविष्य ल्याउनका लागि प्रदेश सरकार विधान संशोधन समिति लागि राखेको बताए । प्रदेश सरकार निजामती कर्मचारी ऎन बनाउदा कर्मचारीहरूका सङ्गठनहरूलाई जानकारी नदिएको सरसल्लाह नगरेको गुनासोलाई उनले भने जानकारी गराइको हो, बिषयगत रुपमा टिममा छलफल सुझाव सङ्कलन गरि टेबल गरिएको बताए ।
कार्यक्रममा बोल्दै नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय अध्यक्ष गोपाल प्रसाद पोखरेलले भने नेपाल कर्मचारी युनियनका कर्मचारीहरूलाई भ्रममा नपर्न आग्रह गरे नेपाल कर्मचारी युनियनमा कुनै गुट बन्दी नरहेको, नेपाली काँग्रसको पाटिको लाइनको गुट पनि छैन, कर्मचारी युनियनको गुट भनेको काँग्रेस पार्टी हो, अब नेपाल कर्मचारी युनियन को नेतृत्व पहिलो पुस्ताले होइन दोस्रो पुस्ताले गर्नु पर्छ । नेपाल कर्मचारी युनियनलाई हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्न जरुरी भएकोले अब दोस्रो पुस्तालाइ नेतृत्व हस्तान्तरण गर्न आफूले चाहेको बताए ।
राष्ट्रसेवा, निस्प्क्षता, तटस्थता, कर्मचारी एकता भन्ने मुलनारा का साथ भएको नेपाल निजामती कर्मचारी युनियनको प्रदेश भेला तथा प्रशिक्षण कार्यकमका सभापति नेपाल कर्मचारी युनियन सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्म देउवाले कार्यक्रम माथी प्रकाश पार्दै सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश निजामती सेवा ऎन जारी गरेको र नियामावली तत्काल जारी गर्न प्रतिवद्वता जाहेर गरेकोमा नेपाल निजामती कर्मचारी युनियनले मुख्यमन्त्रीलाई धन्यवाद दिएको छ ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय पदाधिकारी, सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका अध्यक्षहरुले कार्यक्रम शुभकामना दिएका थिए । कार्यक्रममा भर्खर मात्रै नबनिर्वाचित नेपाल इन्जिनियर एसोसिएसन सुदूरपश्चिम प्रदेशका कार्यसमितिलाई बधाई तथा सम्मान, नेपाल कर्मचारी युनियनका कर्मचारीहरूलाई विभिन्न योगदान पुर्याएको भन्दै नेपाल कर्मचारी युनियन केन्द्रिय कार्यसमिती देखि प्रदेस सम्म कर्मचारीहरूलाई सम्मान गरिएको थियो ।
(भिडियो)