धनगढी ९ कार्तिक/सुर्मादेबि युवा क्लबको आयोजना गोरखबहादुर रोकाया स्मृति फुटबल प्रतियोगिता हुने भएको । धनगढी उपमहानगरपलिका १९ स्थित आई गाउँमा रहेका क्लबको खेल मैदानमा प्रतियोगिता संचालन गरिने भएको हो ।
कार्तिक १० गतेदेखि २२ गते सम्म संन्चालन हुने प्रतियोगितको भोली (शनिबार) सामाजिक बिकास मन्त्री मेघराज खड्काले उद्घाटन गर्ने अयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा १६ पुरुष र १० महिला टिमको सहभागिता रहने अयोजक क्लबका अध्यक्ष राजेन्द्र स्नेहीले जानकारी दिएका छन् । प्रतियोगिता पुरुष तर्फको बिजेताले ६० हजार र उप–बिजेताले ३० हजार नगद पुरस्कार पाउने छन् । यस्तै महिला तर्फको बिजेता र उप–बिजेताले क्रमशः ३५ हजार र २५ हजार नगद पुरस्कार पाउँने अध्यक्ष स्नेहीले जानकारी दिएका छन् ।