बाजुरा १६ माघ — बाजुरा जिल्लाको जगन्नाथ गाउपालिकामा हिजो राती छ बजेतिर दुर्घटना भएको छ । से १२०६ नम्मरको जिप पिलुचौबाट बिरामी लिन जगनाथ गएको र बिच बाटामै दुर्घटना भएको बुझिएको छ ।
जिप हिजो राती ६ बजे तिर पिलिचौर बाट सेरा बिमारी लिनका लागि गएको जगन्नाथ गाउपालिकाको गणेल खोलामा जिप ब्याग गर्ने क्रममा गाडी रोड बाट करिब २ सय ५० मिटर तल खस्दा ५ जना घाईते भएका छन ।
घाइते हुनेमा नेपागन्ज उप महानगर पालिका का बिक्र सुनार , स्वामिकार्तिक ३ जुकोट बस्ने खगराज साही र बुढिनन्दा नगर ८ का वीर ब धामी घाईते भएका छ्न ।घाईते मध्य चालक बक्र सुनार को अवस्था गम्भीर रहेको छ अन्य ४ जनाको अबस्था भने सामान्य रहेको स्थानियले बताएका छन् ।घटनाको बृष्तीत जानकारी आउन बाकी रहेको प्रहरीले बताएको छ ।
जीप के कसरी दुर्घटना भयो भन्ने बिषयमा अनुसन्धान पछि मात्रै भन्न सकिने प्रहरीले बताएको छ । घाइतेको उपचार कोल्टी प्राथमिक स्वास्थय केन्द्रमा उपचार भईरहेको कोल्टीबाट पत्रकार महेश कार्कीले बताएका छन् । घाइते मध्य गम्भीर भनिएका ड्राइभर बक्र सुनारलाई नेपालगन्ज थप उपचारका लागि लैजाने तयारी भएको पत्रकार कार्कीले बताएका छन्। ट्राफिक प्रहरी नहुदा चालकको लापरवाहीले पटक पटक दुर्घटना हुने गर्दछ एक महिना अगाडि पनि सो रोडमा कर्णालीमा जीप खस्दा ५ जनाको मृ्त्यु भएको थियो ।