धनगढी ,३ कार्तिक । बाजुराकाे त्रिवेणी नगरपालिका ९ घर भएका नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति सदस्य तथा पार्वती माध्यामिक विद्यालयका शिक्षक रमेश बहादुर खत्रीले दशैं-तिहारमा हुने फजुल खर्च बचाएर सामाजिक कार्यमा सहयाेग गरेका छन् ।
खत्रीले तिहारमा हुने पाँच हजार रुपैयाँको फजुल खर्च कटौती गरी बाजुरा जिल्लामा रहेका अनाथ र टुहुरा बालबालिकाहरूलाई सहयोग गरेका छन्। उनले बालबालिकाको शिक्षा, लालनपालन, र भविष्य निर्माणमा सानो भए पनि सहयोग पुग्ने उद्देश्यले यो सहयोग हस्तान्तरण गरेका हुन्।
उक्त रकम सहयोग गर्नुमा खत्रीको उद्देश्य सामाजिक जिम्मेवारी निर्वाह गर्दै अनाथ बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु रहेको बताइएको छ। “तिहारमा व्यक्तिगत सुख-सयलमा खर्च गर्ने सट्टा, समाजमा प्रत्यक्ष लाभ पुर्याउने काम गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको छ,” उनले भने।