किशोर तमाङ्ग, पुनर्वास, माघ ,
कञ्चनपुरको पुनर्वासमा निजि व्यवसायीहरुको छाता संगठन पुनर्वास उद्योग वाणिज्य संघको तेश्राे वार्षिक साधारण सभा बिशेष कार्यक्रमका बीच सम्पन्न भएको छ ।
संघको आफ्नै सभाहलमा पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाको प्रमुख आतिथ्यमा पानसमा दिप प्रज्वलन र ब्यानर बाचन गरेर कार्यक्रमलाई औपचारिक रुपमा उद्घाटन गर्नुभएको थियो।
नगर प्रमुख जिवनराज थापाको प्रमुख आतिथ्य तथा पुनर्वास उद्याेग वाणिज्य संघका संस्थापक विश्वनाथ विष्ट,नेकपाका सुदुर पश्चिम प्रदेश समिति सदस्य रामचन्द्र नेपाल,नेपाली काँग्रेस कञ्चनपुर जिल्ला उपसभापति बन्धु राना,पुनर्वास उद्याेग वाणिज्य संघका निवर्तमान अध्यक्ष बीरबल विश्वकर्मा विशिष्ट आतिथ्य रहेको कार्यक्रममा विभिन्न ब्यक्तित्वहरुको आतिथ्यता रहेको थियो।
प्रमुख अतिथिको आसनबाट बोल्नुहुदै पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाले पुनर्वास भारतीय सिमा सँग जाेडिएकाे र खुला सिमा भएका कारण नेपाली ब्यवसायीहरू धारासायी हुने अवस्थामा पुगेकाे बताउनु भयाे । कार्यक्रममा बाेल्दै थापाले खुला सिमा नाकाका कारण भारतीय बजार बाट गुणस्तरहिन खाद्य पदार्थले अाम मानिसकाे स्वास्थ्यमा समेत प्रत्यक्ष अप्रत्यक्ष रुपमा नकारात्मक असर पुगिरहेको औंल्याउनुभयो। यस्लाई तत्काल नियन्त्रण गर्न सुरक्षा निकायले अहभ भुमिका खेलिदिनु हुन अनुराेध समेत गर्नु भएकाे थियाे ।
उदघाटनको औपचारिक कार्यक्रम पश्चात् संघको बन्द शत्र चलिरहेको छ। यस भेलाबाट संघले नयाँ कार्यसमिति चयन गर्ने भएको छ। कार्य समिति गठन का लागि संघले निर्वाचनका लागि तीन सदस्यीय निर्वाचन अायाेग गठन गरिएकाे छ । कर्ण बहादुर बुढा प्रमुख निर्वाचन अायुक्त रहने गरि कर्ण बहादुर राेकाया र बिमल बिश्वकर्मा रहने गरी निर्वाचन अायाेग गठन गरिएकाे छ ।
अबेर सम्म सहमत जुट्न नसके पछि १० बजे सम्म उमेद्वारकाे मनाेनयन दर्ता गरिने र बेलुका ४ बजे सम्म निर्वाचन सम्पन्न गरिने निर्वाचन अायुक्त प्रमुख कर्ण बहादुर बुढाले जानकारी गराउनु भयाे । पुनर्वास उद्याेग बाणिज्य सँघमा २ सय २७ जना मतदाता रहेका छन । भाेलि बिहिवार सम्म सर्वसम्मत या निर्वाचन प्रक्रिया बाट नयाँ कार्य समितिकाे गठन गरिने उद्याेग बाणिज्य संघले जनाएकाे छ ।
श्रदेय नगरप्रमुख जीवनराज थापा पानसमा दिप प्रज्वलन गर्दै
पुनर्वास उद्याेग बाणिज्य संघका अध्यक्ष कृष्ण बहादुर तामाङको सभाध्यक्षमा सञ्चालन भएको कार्यक्रममा समग्र पुनर्वास नगरपालिकाको औधोगिक, ब्यपार ब्यवसायी र सञ्चार माध्यमबाट उल्लेखनीय योगदान पुर्याउन सफल ब्यक्तित्व हरूलाई उद्योग बाणिज्य शाखा पुनर्वासले एक जना पत्रकार सहित तेह्र जना लाई प्रमुख आतिथ्य नगरप्रमुख जीवनराज थापा ज्यूको बाहुली बाट दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरी सम्मान गर्नुभएको थियो।
संघका बरिष्ठ उपाध्यक्ष राजकुमार रायमाझीको स्वागत मन्तव्यसंगै महासचिव दिपक तिमिल्सेनाले प्रतिबेदन प्रस्तुत गर्दै महासचिव तिमल्सिना ले कार्यक्रमलाई सञ्चालन गरेका थिए ।