नेपाल आयल निगमले पेट्राेलियम पदार्थको मूल्य बढाएको छ। आज बिहान १२ बजेदेखि लागू हुनेगरी निगमले डिजेल र पेट्रोलको मूल्य बढाएको छ।
निगमले पेट्रोल,डिजेल र मट्टितेलमा लिटरमा १ रुपैयाँ ५० पैसा मूल्य बढाएको छ। योसँगै पेट्रोल लिटरको १११ रुपैयाँ र डिजेल / मट्टितेल ९८ रुपैयाँ पुगेको छ।
सरकारले बजेट भाषणबाट डिजेल र पेट्राेलमा अतिरिक्त शुल्क लगाउने निर्णय गरेको थियो।