बाजुरा,१९ असोज । बाजुरामा छेडेदह गोल्ड कप २०८१ हुने भएको छ । कार्तिक १ देखि ७ गतेसम्म “छेडेदह“ स्पोटस् कलवद्वारा आयोजित फुटबल प्रतियोगिता दशरथ आटिचौरमा हुने भएको छ। यो वर्षको प्रतियोगिता सुदूर पश्चिम प्रदेशकै सबैभन्दा ठूलो खेल मैदानमा हुने भव्य समारोहको रूपमा रहेको छ । हरेक वर्ष लगभग ३०,००० देखि ३५,००० दर्शकले प्रत्यक्ष खेलको आनन्द लिने अवसर पाएका छन् ।
खेलको स्थान “छेडेदह“ तालको सुन्दरता र खेलको उत्साहको संगमले दर्शकलाई आकर्षित गर्ने गरेको छ भनेका छन् कि यहाँका । खेलाडीहरूले क्षेत्रीय र राष्ट्रियस्तरका खेलाडीहरूको खेल प्रत्यक्ष अवलोकन गर्ने पाउने आयोजक कृष्ण ओलिले बताए ।
प्रतियोगितामा सहभागी हुने खेलाडीहरू बडालेख, डाडासैन, र कुडिकोट दरबारका क्षेत्रका प्रतिनिधिहरूको रूपमा सहभागी हुनेछन्। स्थानीय कला र संस्कृतिको समृद्धि र प्रवर्द्धनको लागि पनि महत्त्वपूर्ण हुने छेडेदह स्पोटस् क्लवका अध्यक्ष लोकेन्द्र खड्काले बताए ।
प्रतियोगिताको पहिलो पुरस्कार ३ लाख र दोस्रो पुरस्कार २ लाख रकमको रहेको छ । प्रतियोगिताको लाइभ प्रसारण नेपालबाट गरिने बताईएको छ ।