धनगढी,१८ असोज । कैलालीको धनगढीबाट खैरो हेरोइनसहित एक महिला पक्राउ परेकी छिन्। धनगढी उपमहानगरपालिका–२ भन्सार चोकबाट धनगढी उपमहानगरपालिका –१ पुष्पलाल चोक बस्ने १९ वर्षीया रक्षा लामिछाने पक्राउ परेकी हुन ।
उनको साथबाट १ ग्राम १०० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।