काठमाण्डौ १७ भाद्र/ देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार धेरै स्थानमा भने हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए ।
दिउँसो पहाडी भूभागमा बादल लाग्ने र हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । बिहान कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।