धनगढी, १० भदौ / भारत–नेपाल सीमास्थित गौरीफन्टा प्रहरी चौकीले अवैध रूपमा ल्याइँदै गरेको काँसा, तामा र स्टीलका भाँडाकुँडा तथा मूर्तिसहित एक नेपाली नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका–६ का बुद्धिराम चौधरी रहेका छन्। गौरीफन्टा प्रहरीको जाँचका क्रममा चौधरीको साथबाट ८ वटा काँसाका मूर्ति, २ वटा पाँचमुखे बत्ती, ३ वटा सातमुखे बत्ती, ५० वटा तामाका चम्चा र ६ वटा स्टीलका चलनी बरामद गरिएको प्रहरीले जनाएको छ।
गौरीफन्टा प्रहरी चौकीका सब–इन्स्पेक्टर प्रमित कुमारका अनुसार बरामद सामानसहित चौधरीलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, पलिया बुझाइएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।