• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
शुक्रबार, भदौ ०५, २०८३
शुक्रबार, भदौ ०५, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. सभामुख भण्डारीले अप्रत्यक्ष रुपमा मुख्यमन्त्री भट्टलाई सहयोग गर्न देउवालाई पदमुक्त गरे ; के भन्छन् निवर्तमान मुख्यमन्त्री शाह ?

  • २. शाह सरकारकै नीतिको जगमा भट्ट सरकारको पहिलो निर्णय

  • ३. मन्त्री बिरामी पर्दा हेलिकप्टर, जनता बिरामी पर्दा के?

  • ४. धनगढीमा बैतडी समाजले गरेको बृहत रक्तदानमा ८१ पिन्ट रगत सङ्कलन, ४९ जनाले पहिलो पटक गरे

  • ५. देउवा किन गरिए पदमुक्त ? यस्तो छ कारण

  • ६. जेन-जी र नेपालको बदलिँदो राजनीतिक चेतना : विरोधदेखि जिम्मेवार सहभागितासम्म

  • ७. अलौकिक प्रसिद्ध देवी बडीमालिकाको परिचय तथा पदयात्रा स्मरण

  • ८. मुख्यमन्त्री भट्ट मन्त्री चयनकै झमेलामा अल्झिँए

  • ९. सुदूरपश्चिम मुख्यमन्त्री भट्टले विश्वासको मत पाए

  • १०. रुग्ण सबस्टेसन ब्युँताएर लक्ष्यभन्दा बढी राजस्व, बेलौरी सम्मानित

शाह सरकारकै नीतिको जगमा भट्ट सरकारको पहिलो निर्णय

कैलाली, ३० साउन /  सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले हिजो प्रदेशको स्वास्थ्य सेवा सुधारलाई प्राथमिकतामा राख्दै सर्वसाधारण नागरिकलाई सहज र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने गरी आफ्नो पहिलो निर्णय गरे ।

शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हालेपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेशभरका अस्पतालमा डायलाइसिस सेवा विस्तार गर्ने निर्णय गरेको हो ।

प्रदेशका नागरिकहरूको सहजताका लागि मुख्यमन्त्रीले गरेको पहिलो निर्णय अघिल्लो सरकारले ल्याएको नीति तथा कार्यक्रममै समेटिएको थियो ।

‘प्रदेशका अस्पतालमा डायलाइसिस सेवा विस्तार गर्ने निर्णयअन्तर्गत सेतीमा ५, महाकालीमा ४, टीकापुरमा ३, लम्कीचुहामा ५ तथा बयलपाटा, जोगबुडा प्रादेशिक अस्पतालसहित अन्य जिल्ला अस्पतालहरूमा २–२ शय्या थपिनेछन्,’ आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा सरकारले समेटेको थियो ।

प्रदेश प्रमुख नजिर मियाँले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको ४८ नम्बर बुँदालाई टेकेर सेती प्रादेशिक अस्पतालमा पाँच, महाकाली प्रादेशिक अस्पतालमा चार र टीकापुर प्रादेशिक अस्पतालमा तीन डायलाइसिस शय्या थप गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

त्यस्तै, लम्कीचुहा अस्पतालमा पाँच शय्या तथा बयलपाटा र जोगबुडा प्रादेशिक अस्पतालसहित प्रदेशका सबै जिल्ला अस्पतालमा दुई–दुई डायलाइसिस शय्या विस्तार गर्ने निर्णय गरिएको छ ।

अघिल्लो सरकारले डायलाइसिस सेवा विस्तार गर्ने भन्दै बजेटसमेत राखेको थियो । तर, उक्त बजेट पास भएन ।

अहिले नयाँ सरकारले फेरि त्यससम्बन्धी निर्णय गरेपछि मिर्गौला रोगी तथा नियमित डायलाइसिस आवश्यक पर्ने बिरामीले उपचारका लागि टाढा जानुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ ।

शाह सरकारले डायलाइसिस विस्तार गर्ने नीति लिए पनि यो भट्ट सरकारको नेतृत्वमा बनेपछिको पहिलो बैठकमा विभागीय मन्त्रालयले प्रस्ताव लगेका थिए । नीति कार्यक्रममा आएको झण्डै अढाइ महिना पनि सामाजिक विकास मन्त्रालयले हिजो मन्त्रिपरिषद् बैठकको लागि स्वीकृति प्रदान गरेको थियो ।

हिजै सामाजिक विकास मन्त्री सन्तोष शर्मा थापाले यसलाई मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेका थिए । आफूले ल्याएको नीति अनुसार वर्तमान सरकारले निर्णय गरेको प्रति निर्वतमान मुख्यमन्त्रीले धन्यवाद व्यक्त गरेका छन् ।

‘शुक्रबार नवनियुक्त मुख्यमन्त्रीको नेतृत्वमा बसेको सुदूरपश्चिम प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा समावेश गरी मेरो कार्यकालमा अघि बढाइएका स्वास्थ्य सेवा विस्तारका विषयलाई पहिलो निर्णयका रूपमा कार्यान्वयनमा लैजाने निर्णय गरेकोमा अत्यन्त खुसी र आभारी छु । आर्थिक वर्ष २०८३/८४ मै सो अस्पतालका लागि आवश्यक बजेटसमेत विनियोजन गरिसकेको अवस्था थियो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो कार्यकालमा अघि बढाइएका जनमुखी योजना तथा नीतिहरूलाई निरन्तरता दिइएकोमा नयाँ सरकारप्रति हार्दिक धन्यवाद तथा सफल कार्यकालको शुभकामना ।’

शनिबार, साउन ३०, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिम सरकारले पूर्णता पायो; थपिए तीन मन्त्री, दुई राज्यमन्त्री
यातायात व्यवसायी स्वाँरद्वारा जन्मदिनको अवसरमा दृष्टि फाउन्डेसनलाई खाद्यान्न सहयोग
खप्तड यातायातद्वारा ५ वटा ‘आसन एक्सप्रेस’ एसी बस सञ्चालनमा

Recent Posts

  • सुदूरपश्चिम सरकारले पूर्णता पायो; थपिए तीन मन्त्री, दुई राज्यमन्त्री
  • यातायात व्यवसायी स्वाँरद्वारा जन्मदिनको अवसरमा दृष्टि फाउन्डेसनलाई खाद्यान्न सहयोग
  • खप्तड यातायातद्वारा ५ वटा ‘आसन एक्सप्रेस’ एसी बस सञ्चालनमा
  • भूमि व्यवस्था मन्त्री रावल भदौ ६ देखि ९ गतेसम्म सुदूरपश्चिमा
  • आइसिसी टी–२० अलराउन्डर’ वरियतामा तेस्रो स्थानमा उक्लिए कप्तान ऐरी

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.