धनगढी, २६ साउन / कैलालीको पुरैना सामुदायिक वनबाट बेवारिसे काठ बरामद गरिएको छ। जिल्लाको भजनी नगरपालिका-७ हिक्कमतपुर स्थित पुरैना सामुदायिक वनमा लुकाई छिपाई राखेको अवस्थामा सालको गोलिया ६ थान ९२१.८७ क्यु.फिट. काठ प्रहरीले बरामद गरेको हो।
अन्दाजी २७ हजार सैतिस रुपैया मुल्य बराबरको काठ सोमबार इलाका प्रहरी कार्यालय पृथ्वीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिई आवश्यक प्रक्रिया पुरा गरी सब डिभिजन वन कार्यालय भजनी,कैलालीको जिम्मा लगाएको जनाएको छ।