• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १७, २०८३
आइतबार, साउन १७, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीमा २४ बर्षीया पुजाको शंकास्पद मृत्यु, माइती पक्षको हत्या आशंका

  • २. धनगढीमा प्रहरी जवान मृत फेला

  • ३. मृतक पूजाका माइतीले गरे मुद्दा दर्ता, अझै हुन सकेन पोस्टमार्टम

  • ४. पूजा धानुक मृत्यु प्रकरणले उग्र रूप लियो, जिल्ला प्रहरी कार्यालय कैलालीमा तनाव

  • ५. आज पनि देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

  • ६. डोटीमा शिक्षकले मदिरा सेवन गरी कुटपिट गर्दा श्रीमतको मृत्यु

  • ७. पोस्टमार्टमका लागि पूजाको शव नेपालगञ्ज लगियो, श्रीमान सहित पाँच जना प्रहरी नियन्त्रणमा

  • ८. डा. गोविन्द केसी अस्पतालबाट डिस्चार्ज, अटोमा चढेर फर्के

  • ९. मेरा मित्र गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु : देउवा

  • १०. स्कुल बस रोकेर विद्यार्थीमाथि खुकुरी प्रहार

आज केहीँ ठाउँमा मुसलधारे पानी पर्ने, भोलि सोमबार देशैभर वर्षाको सम्भावना

काठमाण्डौ, १७ साउन  /  आज देशका थोरै ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ । अरू ठाउँमा पनि हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार मनसुन सक्रिय रहेको र पानी पर्ने क्रम पनि बढेसँगै आज काठमाण्डौ उपत्यकासहित ३७ जिल्लामा बाढीको जोखिम छ । आज काठमाण्डौ, भक्तपुर, ललितपुरसहित आसपासका जिल्ला काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङमा बाढीको जोखिम छ ।

त्यस्तै संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, मकवानपुर, पर्सा, बारा, गोरखा, मनाङ, मुस्ताङ, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, पाल्पा, गुल्मी, बागलुङ, चितवन, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, रुपन्देही, सुर्खेत, दैलेख, अछाम, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने स-साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले खोला-नदी तटीय क्षेत्रमा आकस्मिक बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन पनि आग्रह गरेको छ । आज दिउँसो देशका पहाडी भागका धेरै ठाउँमा मध्यमसम्मको वर्षा तथा तराईका केही ठाउँमा पनि मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका एकरदुई ठाउँमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

आज राति र भोलि पनि पहाडी र तराई भागका थोरै ठाउँमा ठूलो तथा एकरदुई ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना छ । मौसमका जानकार उज्ज्वल उपाध्यायका अनुसार मनसुन पूर्ण सक्रिय रहेको र भोलि सोमबारसम्म देशैभर वर्षाको सम्भावना छ । आज र भोलि अत्यावश्यकबाहेक पहाडी सडक खण्डमा यात्रा नगर्न उहाँको सल्लाह छ ।

विशेष गरी वीपी राजमार्गको धुलिखेल-रोशी-मुलकोट खण्ड र पृथ्वी राजमार्गको नौबिसे, मलेखु-मुग्लिन-जुगेडी खण्डमा सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न उहाँको सल्लाह छ ।

आइतबार, साउन १७, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्व कीर्तिमानी पर्वतारोही निम्स दाईको निधन
नेपाल पत्रकार महासंघ बैतडी शाखाका अध्यक्ष बडूलाई पितृ शोक
कैलालीमा महिला हत्या आरोपमा पक्राउ परेका ७ जना धरौटीमा छुटे

Recent Posts

  • विश्व कीर्तिमानी पर्वतारोही निम्स दाईको निधन
  • आज केहीँ ठाउँमा मुसलधारे पानी पर्ने, भोलि सोमबार देशैभर वर्षाको सम्भावना
  • नेपाल पत्रकार महासंघ बैतडी शाखाका अध्यक्ष बडूलाई पितृ शोक
  • कैलालीमा महिला हत्या आरोपमा पक्राउ परेका ७ जना धरौटीमा छुटे
  • बैतडीमा पहिरो खसेर सिल्लेगडा–कालागाउँ–पुर्चौंडी सडक अवरुद्ध

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.