बैतडी, १७ साउन / नेपाल पत्रकार महासंघ बैतडी शाखाका अध्यक्ष नरी बडूलाई पितृ शोक परेको छ । उनका बुवा देवदत्त बडुको ७५ बर्षको उमेरमा शनिबार निधन भएको हो ।
लामो समयदेखि बिरामी रहेका बडूको निधन भएको उनको पारिवारिक श्रोतले जनाएको छ ।
बडूको निधनप्रति नेपाल पत्रकार महासंघ लगायत विभिन्न संघ–संस्थाले गहिरो दुःख व्यक्त गरेका छन् ।
उनीहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त अध्यक्ष नरी बडुसहित सम्पूर्ण परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।