• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
शुक्रबार, साउन १५, २०८३
शुक्रबार, साउन १५, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीमा २४ बर्षीया पुजाको शंकास्पद मृत्यु, माइती पक्षको हत्या आशंका

  • २. धनगढीमा प्रहरी जवान मृत फेला

  • ३. मृतक पूजाका माइतीले गरे मुद्दा दर्ता, अझै हुन सकेन पोस्टमार्टम

  • ४. पूजा धानुक मृत्यु प्रकरणले उग्र रूप लियो, जिल्ला प्रहरी कार्यालय कैलालीमा तनाव

  • ५. आज पनि देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

  • ६. डोटीमा शिक्षकले मदिरा सेवन गरी कुटपिट गर्दा श्रीमतको मृत्यु

  • ७. पोस्टमार्टमका लागि पूजाको शव नेपालगञ्ज लगियो, श्रीमान सहित पाँच जना प्रहरी नियन्त्रणमा

  • ८. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ९. डा. गोविन्द केसी अस्पतालबाट डिस्चार्ज, अटोमा चढेर फर्के

  • १०. मेरा मित्र गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु : देउवा

पुजा धानुक मृत्यु प्रकरण: अनुसन्धानमा सहयोग गर्न प्रहरी कार्यालय कैलालीको आग्रह

धनगढी, १५ साउन /  जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका–४ मा पूजा धानुकको मृत्यु प्रकरणमा कर्तव्य ज्यान मुद्दाअन्तर्गत पाँच जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ। घटनाबारे विभिन्न स्थानमा भइरहेको विरोध प्रदर्शनका बीच प्रहरीले निष्पक्ष अनुसन्धान भइरहेको भन्दै संयमता अपनाई कानुनी प्रक्रियामा सहयोग गर्न सबै पक्षसँग आग्रह गरेको छ।

प्रहरीका अनुसार साउन ११ गते अपराह्न करिब ४ बजे धनगढी–४ निवासी भरत धामीकी श्रीमती २३ वर्षीया पूजा धानुक आफ्नै घरको कोठामा सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। उनलाई तत्काल पासोबाट झारी उपचारका लागि नवजीवन अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनापछि मृतकका बुबा प्रेम सिंह धानुकले श्रीमान्सहित एकाघरका पाँच जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा प्रहरीले साउन १३ गते पाँचै जनालाई पक्राउ गरेको जनाएको छ। हाल कैलाली जिल्ला अदालतबाट म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

घटनापछि मृतकका आफन्तले विभिन्न स्थानमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्दै निष्पक्ष छानबिनको माग गरिरहेका छन्। यद्यपि प्रहरीले घटनाको अनुसन्धान कानुनबमोजिम निष्पक्ष रूपमा अघि बढिरहेको जनाएको छ।

प्रहरीले घटनाका सम्बन्धमा विभिन्न अड्कलबाजी नगर्न, अनुसन्धानलाई प्रभावित पार्ने गतिविधिबाट टाढा रहन तथा शान्ति, सुरक्षा र सार्वजनिक आवागमनमा असर पर्ने कुनै पनि गतिविधि नगर्न सबै पक्षलाई अनुरोध गरेको छ। घटनाको सत्यतथ्य प्रमाण, पोस्टमार्टम प्रतिवेदन र अनुसन्धानका आधारमा सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

यस्तो छ  जिल्ला प्रहरी कार्यालयको विज्ञप्ति :-

शुक्रबार, साउन १५, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धनगढीमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप, विजेतालाई एक लाख रुपैयाँसम्म पुरस्कार
एसएसबी पलियाका कमान्डेन्ट राजेश्वरीको विदाईमा धनगढीबाट गएको शुभ ठाकुर सहितको टोलीले गर्यो सम्मान
बडीकेदारकी तत्कालीन उपाध्यक्ष बोहरालाई थुनामा राख्न अदालतको आदेश

Recent Posts

  • पुजा धानुक मृत्यु प्रकरण: अनुसन्धानमा सहयोग गर्न प्रहरी कार्यालय कैलालीको आग्रह
  • धनगढीमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप, विजेतालाई एक लाख रुपैयाँसम्म पुरस्कार
  • एसएसबी पलियाका कमान्डेन्ट राजेश्वरीको विदाईमा धनगढीबाट गएको शुभ ठाकुर सहितको टोलीले गर्यो सम्मान
  • बडीकेदारकी तत्कालीन उपाध्यक्ष बोहरालाई थुनामा राख्न अदालतको आदेश
  • कैलालीमा मोटरसाइकलको ठक्करबाट घाइते बालकको मृत्यु

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.