• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
शुक्रबार, साउन १५, २०८३
शुक्रबार, साउन १५, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीमा २४ बर्षीया पुजाको शंकास्पद मृत्यु, माइती पक्षको हत्या आशंका

  • २. धनगढीमा प्रहरी जवान मृत फेला

  • ३. मृतक पूजाका माइतीले गरे मुद्दा दर्ता, अझै हुन सकेन पोस्टमार्टम

  • ४. पूजा धानुक मृत्यु प्रकरणले उग्र रूप लियो, जिल्ला प्रहरी कार्यालय कैलालीमा तनाव

  • ५. आज पनि देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

  • ६. डोटीमा शिक्षकले मदिरा सेवन गरी कुटपिट गर्दा श्रीमतको मृत्यु

  • ७. पोस्टमार्टमका लागि पूजाको शव नेपालगञ्ज लगियो, श्रीमान सहित पाँच जना प्रहरी नियन्त्रणमा

  • ८. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ९. डा. गोविन्द केसी अस्पतालबाट डिस्चार्ज, अटोमा चढेर फर्के

  • १०. मेरा मित्र गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु : देउवा

संस्थागत विद्यालयहरुले नगरपालिकाको शैक्षिक कार्यपात्रो पालना गरेनन्, कारबाही गर्ने निर्णय पनि विवादित

धनगढी, १५ साउन  /  कैलालीको लम्कीचुहा नगरपालिकाले शैक्षिक कार्यपात्रो अनुसार तोकिएको वर्षे बिदा कार्यान्वयन नगरेको भन्दै संस्थागत विद्यालयलाई कारबाही गर्ने निर्णय विवादित भएको छ ।

लम्कीचुहा नगरपालिको शिक्षा, युवा तथा खेलकुद शाखाले आज संस्थागत विद्यालयहरुलाई परिपत्र पवठाउँदै शैक्षिक कार्यपात्रो २०८३ अनुसार श्रावण ६ गतेदेखि २० गतेसम्म वर्षे बिदा नगर्ने संस्थागत विद्यालयलाई सेवा–सुविधाबाट वञ्चित गर्ने चेतावनी दिएको छ । उक्त पत्रमा आईईएमआईएस मा सहजिकरण नगरिने, थप कक्षाको अनुमती प्रदान नगरिने, नरपालिकाकास्तरीय खेलकुदबाट बञ्चित गरिने, पालिकाबाट प्रदान गरिने तालिमबाट बञ्चित गरिने र आधारभूत तह कक्षा ८ को परीक्षामा सहभागी नगरिने चेतावनी दिइएको छ ।

शिक्षा शाखाकी अधिकृत ज्योती चौधरीद्वारा हस्ताक्षरित उक्त पत्र सबै संस्थागत विद्यालयलाई विदा दिने निर्णय कार्यान्वयन नगरे सुविधाबाट बञ्चित गरिने उल्लेख छ ।

वर्षे विदा कार्यान्वयन गर्न दवावका लागि नरपालिकाले गरेको उक्त निर्णयको सामाजिक सञ्चालनमा विरोध भएको छ ।  स्थानीयले शनिबार र आइतबार पढाई नहुँदा कोर्स पूरा नहुने चिन्ता व्यक्त गरेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ता चेतन जोशीले नगरपालिकाको निर्णयमाथि प्रश्न उठाउँदै लेखेका छन्, ‘यस्ता–यस्ता निर्णय गर्न कसले सिकाउँछन् हाम्रो नगरपालिकाकालाई रु एक त वर्षभरि शनिबार–आइतबार बिदाले गर्दा पाठ्यक्रम नै पूरा गर्न गाह्रो भइरहेको अवस्थामा जबर्जस्ती बिदा लागू गर्ने निर्णय उचित होइन ।’

उनले कतिपय विद्यालयले शनिबार र आइतबार समेत अतिरिक्त कक्षा सञ्चालन गरेर पाठ्यक्रम पूरा गर्ने प्रयास गरिरहेको अवस्थामा त्यस्ता विद्यालयलाई कारबाहीको धम्की दिनु व्यवहारिक नभएको टिप्पणी गरेका छन् । उनले विदाको दिनमा पनि पढाउनेका विद्यालयलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखेका छन् । ‘वरु सामुदायिक विद्यालयका यस्ता विदा पनि कटौति गरी गुणस्तर बृद्धिमा सहयोग गर्न भुमिका खेल्न पर्दैन रु’ उनले लेखेका छन्, ‘बच्चाहरुलाई यति लामो बिदा दिदा के गर्ने हुन घरमा रु अन्य नगरपालिकामा त यस्तो विदा जवर्जस्ति गर्ने चलन त छैन त रु’

नगरपालिकाको निर्णयले निजी विद्यालयलाई स्थानीय सरकारको निर्णय पालना गर्न बाध्य पार्ने उद्देश्य राखे पनि, पठनपाठनको निरन्तरता, पाठ्यक्रम सम्पन्न गर्ने चुनौती र स्थानीय सरकारको अधिकार क्षेत्र जस्ता विषयमा नयाँ बहस सुरु भएको छ। निर्णय कार्यान्वयनको कानुनी आधार, यसको प्रभाव तथा निजी विद्यालयहरूको धारणा सार्वजनिक हुन बाँकी रहेकाले यो विषय थप चर्चामा रहने देखिएको छ।

शुक्रबार, साउन १५, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बडीकेदारकी तत्कालीन उपाध्यक्ष बोहरालाई थुनामा राख्न अदालतको आदेश
कैलालीमा मोटरसाइकलको ठक्करबाट घाइते बालकको मृत्यु
प्रधानमन्त्रीले भने मलाई संघीयता विरोधी नसोच्नुस्

Recent Posts

  • बडीकेदारकी तत्कालीन उपाध्यक्ष बोहरालाई थुनामा राख्न अदालतको आदेश
  • कैलालीमा मोटरसाइकलको ठक्करबाट घाइते बालकको मृत्यु
  • संस्थागत विद्यालयहरुले नगरपालिकाको शैक्षिक कार्यपात्रो पालना गरेनन्, कारबाही गर्ने निर्णय पनि विवादित
  • प्रधानमन्त्रीले भने मलाई संघीयता विरोधी नसोच्नुस्
  • जिल्ला प्रशासन कार्यालय कैलालीमा राष्ट्रिय परिचय पत्र बनाउनेको भीड

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.