• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
शुक्रबार, साउन १५, २०८३
शुक्रबार, साउन १५, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीमा २४ बर्षीया पुजाको शंकास्पद मृत्यु, माइती पक्षको हत्या आशंका

  • २. धनगढीमा प्रहरी जवान मृत फेला

  • ३. मृतक पूजाका माइतीले गरे मुद्दा दर्ता, अझै हुन सकेन पोस्टमार्टम

  • ४. पूजा धानुक मृत्यु प्रकरणले उग्र रूप लियो, जिल्ला प्रहरी कार्यालय कैलालीमा तनाव

  • ५. आज पनि देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

  • ६. डोटीमा शिक्षकले मदिरा सेवन गरी कुटपिट गर्दा श्रीमतको मृत्यु

  • ७. पोस्टमार्टमका लागि पूजाको शव नेपालगञ्ज लगियो, श्रीमान सहित पाँच जना प्रहरी नियन्त्रणमा

  • ८. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ९. डा. गोविन्द केसी अस्पतालबाट डिस्चार्ज, अटोमा चढेर फर्के

  • १०. मेरा मित्र गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु : देउवा

जिल्ला प्रशासन कार्यालय कैलालीमा राष्ट्रिय परिचय पत्र बनाउनेको भीड

धनगढी, १५ साउन / जिल्ला प्रशासन कार्यालय कैलालीमा राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीको अत्यधिक भीड बढेपछि नागरिकले सास्ती खेप्नुपरेको छ। जिल्लाका विभिन्न स्थानीय तहबाट सेवा लिन आउने धेरै सेवाग्राही पालो नपाएर ३–४ दिनसम्म प्रशासन कार्यालय धाउन बाध्य भएका छन्।

केही दिनयता राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप उल्लेख्य रूपमा बढेपछि एकै दिनमा सबैलाई सेवा दिन सम्भव नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। बैंकिङ सेवा, सामाजिक सुरक्षा भत्ता तथा अन्य सरकारी सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य हुन थालेपछि दैनिक सेवाग्राहीको संख्या ह्वात्तै बढेको हो।

सेवाग्राहीका अनुसार एकै दिनमा काम सम्पन्न नहुँदा पटक–पटक कार्यालय पुग्नुपर्ने बाध्यता रहेको छ। अत्यधिक गर्मीका बीच साना दुधे बालबालिका बोकेर आएका नागरिकसमेत घण्टौँ लाइनमा बस्न बाध्य छन्।

कैलालीको चुरे गाउँपालिका–६ का तिलकबहादुर कार्कीले हिजो दिनभर लाइनमा बसे पनि काम नभएर फर्किनुपरेको बताए। आज पनि पाँच घण्टाभन्दा बढी समयदेखि पालो कुरिरहेको भन्दै उनले राष्ट्रिय परिचयपत्र बन्छ कि बन्दैन भन्ने अन्योल रहेको गुनासो गरे।

“घण्टौँ लाइनमा बस्नुभन्दा समय तोकेर सोही समयमा सेवा दिने व्यवस्था भए धेरै सहज हुन्थ्यो,” उनले भने।

जिल्ला प्रशासन कार्यालयका अनुसार दैनिक ५ सयभन्दा बढी सेवाग्राही सेवा लिन आउने गरेका छन्। तर हाल उपलब्ध जनशक्ति र मापदण्डअनुसार दैनिक १ सय महिला र १ सय पुरुष गरी जम्मा २ सय जनालाई मात्र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रदान भइरहेको छ। सीमित सेवा क्षमताका कारण अधिकांश सेवाग्राही पालो नपाई फर्किनुपर्ने अवस्था छ।

धनगढी–५ की हिमा जोशीले पनि हिजो काम नभएर फर्किनुपरेको र आज पनि पालो पाउने–नपाउने अन्योल रहेको बताइन्।

“बिहानदेखि भोकै लाइनमा बस्नुपर्छ। पहुँचवालाले हामीभन्दा अगाडि काम गराएर जान्छन्, हामी भने घण्टौँ पालो कुरिरहनुपर्छ। यो प्रशासनको कमजोरी हो,” उनले गुनासो गरिन्।

यस्तै धनगढीकी उषा चौधरीले बिरामी अवस्थामै लामो समय लाइनमा बस्नुपर्दा निकै असहज भएको बताइन्।

“हिजो फाराम भर्दाभर्दै समय सकियो, आज फेरि बिहानदेखि लाइनमा छु। कर्मचारी सीमित छन्, सेवाग्राही हजारौँ छन्। सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य त बनायो, तर पर्याप्त जनशक्ति व्यवस्थापन नगर्दा नागरिकले सास्ती खेप्नुपरेको छ,” उनले भनिन्।

उता जिल्ला प्रशासन कार्यालय कैलालीले भने सामाजिक सुरक्षा भत्तासम्बन्धी प्रक्रियाका कारण केही समयका लागि सेवाग्राहीको चाप बढेको जनाएको छ।

कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी खडानन्द खत्रीका अनुसार हाल देखिएको भीड अस्थायी प्रकृतिको हो र केही सातापछि सेवाग्राहीको चाप घट्ने अपेक्षा गरिएको छ। उनले सेवाग्राहीको भीड व्यवस्थापन गर्न टोकन प्रणाली लागू गरिएको जानकारी दिँदै उपलब्ध जनशक्ति र निर्धारित मापदण्डअनुसार सेवा प्रवाह भइरहेको बताए।

यद्यपि सेवाग्राहीहरूले दैनिक सेवा क्षमता वृद्धि, आवश्यक जनशक्ति थप परिचालन तथा सेवा दिने कोटा बढाएर नागरिकले भोगिरहेको सास्ती अन्त्य गर्न प्रशासनसँग माग गरेका छन्। राष्ट्रिय परिचयपत्रलाई विभिन्न सरकारी तथा वित्तीय सेवासँग अनिवार्य रूपमा जोडिए पनि त्यसअनुसार सेवा विस्तार र जनशक्ति व्यवस्थापन हुन नसक्दा सर्वसाधारणले अनावश्यक सास्ती भोग्नुपरेको देखिएको छ।

शुक्रबार, साउन १५, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रधानमन्त्रीले भने मलाई संघीयता विरोधी नसोच्नुस्
आज साउन १५ खिर खाने दिन
पूजा धानुक मृत्यु प्रकरण : अन्तिम संस्कारमा अझै सहमति भएन, दुवै पक्षबीच छलफल जारी

Recent Posts

  • प्रधानमन्त्रीले भने मलाई संघीयता विरोधी नसोच्नुस्
  • जिल्ला प्रशासन कार्यालय कैलालीमा राष्ट्रिय परिचय पत्र बनाउनेको भीड
  • आज साउन १५ खिर खाने दिन
  • पूजा धानुक मृत्यु प्रकरण : अन्तिम संस्कारमा अझै सहमति भएन, दुवै पक्षबीच छलफल जारी
  • पूजा धानुक मृत्यु प्रकरणले उग्र रूप लियो, जिल्ला प्रहरी कार्यालय कैलालीमा तनाव

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.