• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
बिहिबार, साउन १४, २०८३
बिहिबार, साउन १४, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीमा २४ बर्षीया पुजाको शंकास्पद मृत्यु, माइती पक्षको हत्या आशंका

  • २. मृतक पूजाका माइतीले गरे मुद्दा दर्ता, अझै हुन सकेन पोस्टमार्टम

  • ३. धनगढीमा प्रहरी जवान मृत फेला

  • ४. आज पनि देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

  • ५. पोस्टमार्टमका लागि पूजाको शव नेपालगञ्ज लगियो, श्रीमान सहित पाँच जना प्रहरी नियन्त्रणमा

  • ६. डोटीमा शिक्षकले मदिरा सेवन गरी कुटपिट गर्दा श्रीमतको मृत्यु

  • ७. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ८. मेरा मित्र गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु : देउवा

  • ९. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि भएर ५० पुग्यो

धनगढी, १४ साउन /  सुदूरपश्चिम प्रदेशको तराईमा अवस्थित प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चार वर्षको अवधिमा १४ वटा पाटेबाघ बढेका छन् । आहारा प्रजातिको घनत्व नेपालमै सबैभन्दा बढी रहेको यो निकुञ्जमा उल्लेख्य रूपमा बाघको सङ्ख्या वृद्धि भएर ५० पुगेको हो । पछिल्लो राष्ट्रिय बाघ सर्वेक्षणले यो निकुञ्जमा चार वर्षको अवधिमा १४ वटा बाघ बढेको देखाएको छ । यसअघि २०२२ मा भएको राष्ट्रिय सर्वेक्षण अनुसार शुक्लाफाँटामा ३६ वटा बाघ रहेका थिए ।

नेपालमा हरेक चार वर्षमा बाघको राष्ट्रिय सर्वेक्षण गर्ने गरिएको छ । निकुञ्ज कार्यालयले हरेक वर्ष आन्तरिक अनुगमन पनि गर्ने गरेको छ । आन्तरिक अनुगमनमा गत वर्ष शुक्लाफाँटामा ४३ वटा र त्योभन्दा अघिल्लो वर्ष ४४ वटा बाघ अभिलेख भएका थिए । यहाँँको घाँसे मैदानका कारण बाघको आहारा प्रजाति राम्रो उपस्थिति र पानीको सुविधा, चोरीसिकार नियन्त्रण जस्ता कारणले बाघ बढेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ बाघका लागि आहारा प्रजातिको उपलब्धता राम्रै भएकाले निकुञ्जले ५० वटा बाघ धान्न सक्ने देखिन्छ ।”

उहाँका अनुसार नेपालमै सबैभन्दा ठुलो घाँसे मैदान रहेको यो निकुञ्जमा बाघको आहारा प्रजाति प्रतिवर्गकिलोमिटर १४६ वटा पाइने गरेका छन् । नेपालको अन्य निकुञ्जमा आहारा प्रजातिको घनत्व प्रतिवर्गकिलोमिटर सयभन्दा कम रहेको देखिन्छ ।

उहाँ भन्नुहुन्छ, “निकुञ्जमा प्रशस्त आहारा उपलब्ध हुने भएपछि बाघ निकुञ्जबाट अन्यत्र जाने सम्भावना कम हुन्छ तर पनि निकुञ्ज कार्यालयले अब बाघको सङ्ख्या वृद्धि गर्नतर्फभन्दा पनि त्यसको व्यवस्थापनमा ध्यान दिनुपर्ने हुन्छ । निकुञ्जमा चितुवा पनि छन् । बाघको सङ्ख्या बढेमा चितुवा बाहिर निस्कने खतरा रहन्छ ।”

निकुञ्ज कार्यालयका अनुसार शुक्लाफाँटामा रहेको बाघ निकुञ्जबाहिर निस्केर कुनै मानवीय घटना भएको अभिलेख अहिलेसम्म छैन तर चितुवा निस्कने सम्भावना बढेको छ ।

बाघ व्यवस्थापनका लागि फेन्सिङ गर्ने, निगरानी बढाउने, निकुञ्जनजिक वा मध्यवर्ती क्षेत्रका समुदायमा सचेतनाको कार्यक्रम गर्ने, सुधारिएको खोर वितरणलगायतको कार्यक्रम सञ्चालन गरिने वाग्लेले बताउनुभयो । पर्यावरणको महत्वपूर्ण र दुर्लभ वन्यजन्तु बाघले बढी जसो खुर भएका वन्यजन्तुलाई आफ्नो आहारा बनाउने गरेको बताइन्छ । शुक्लाफाँटामा बाह्रसिङ्गा, हरिण, जरायो, बँदेललगायतका आहारा प्रजातिको उपस्थिति रहेको छ ।

शून्य चोरीसिकार

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा प्राकृतिक मृत्युबाहेक मानवीय कारण वा सिकारीले गर्दा बाघ मरेकोरमारेको घटना नरहेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।

बाघ हिंस्रक वन्यजन्तु भएका कारण भाले भालेबिच लडाइँ भएर वा बुढो भएर बढी मर्ने गरेको निकुञ्जका सूचना अधिकारी वाग्लेको भनाइ छ । उहाँ भन्नुहुन्छ, “बाघले आफ्नो क्षेत्र निर्धारण गरेका हुन्छन्, त्यो क्षेत्रभित्र अर्को बाघ गएमा लडाइँ हुने गर्दछ । त्यसरी लडेर कैयौँ भाले बाघको मृत्यु हुने गर्दछ ।”

पछिल्लो दुई वर्षको अवधिमा निकुञ्जमा तीन वटा बाघको प्राकृतिक मृत्यु भएको पाइएको छ । मरेका तिनै बाघ भाले रहेको वाग्लेले बताउनुभयो ।

बिहिबार, साउन १४, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरीको जनजीवन सामान्य बन्दै
प्रधानमन्त्री बोलाए राष्ट्रिय सुरक्षा परिषदको बैठक
मल अभावले कञ्चनपुरका किसान आन्दोलनमा

Recent Posts

  • शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि भएर ५० पुग्यो
  • सुनसरीको जनजीवन सामान्य बन्दै
  • प्रधानमन्त्री बोलाए राष्ट्रिय सुरक्षा परिषदको बैठक
  • मल अभावले कञ्चनपुरका किसान आन्दोलनमा
  • किसानले प्रतिदर्जन ६० रुपैयाँमै बेचेको केरा बजारमा महँगो कसरी ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.