• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
बिहिबार, साउन १४, २०८३
बिहिबार, साउन १४, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीमा २४ बर्षीया पुजाको शंकास्पद मृत्यु, माइती पक्षको हत्या आशंका

  • २. मृतक पूजाका माइतीले गरे मुद्दा दर्ता, अझै हुन सकेन पोस्टमार्टम

  • ३. धनगढीमा प्रहरी जवान मृत फेला

  • ४. आज पनि देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

  • ५. पोस्टमार्टमका लागि पूजाको शव नेपालगञ्ज लगियो, श्रीमान सहित पाँच जना प्रहरी नियन्त्रणमा

  • ६. डोटीमा शिक्षकले मदिरा सेवन गरी कुटपिट गर्दा श्रीमतको मृत्यु

  • ७. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ८. मेरा मित्र गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु : देउवा

  • ९. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

किसानले प्रतिदर्जन ६० रुपैयाँमै बेचेको केरा बजारमा महँगो कसरी ?

धनगढी, १४ साउन / कैलाली र कञ्चनपुरका केरा किसानले न्यूनतम मूल्यमा बगानबाट केरा बिक्री गरिरहे पनि बजारमा उपभोक्ताले थेग्नै नसक्ने गरी मूल्य बढाइएको भन्दै केरा उत्पादकहरूले कालोबजारी रोक्न सरकारसँग माग गरेका छन्।

केरा उत्पादक तथा व्यवसायी संघ कञ्चनपुर र कैलाली केरा उत्पादक संघले बिहिबार धनगढीमा संयुक्त पत्रकार सम्मेलन गर्दै किसानले हाल बगानबाट गुणस्तरअनुसार प्रतिदर्जन ६० देखि ६५ रुपैयाँमै केरा बिक्री गरिरहेको भए पनि उपभोक्ताले बजारमा अत्यधिक मूल्य तिर्न बाध्य भएको बताएका हुन्।

कैलाली केरा उत्पादक संघका अध्यक्ष दीपेन्द्र थारुका अनुसार किसानले उत्पादनको उचित मूल्यसमेत नपाइरहेका बेला बजारमा केराको मूल्य अस्वाभाविक रूपमा बढ्नुले बिचौलियामार्फत कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको आशंका बलियो बनेको छ। यसबाट एकातिर किसान मर्कामा परेका छन् भने अर्कोतर्फ उपभोक्ताले अनावश्यक आर्थिक भार बोक्नुपरेको थारुको भनाइ छ।

संघले सम्बन्धित सरकारी निकायलाई बजारको प्रभावकारी अनुगमन गरी कालोबजारी, कृत्रिम मूल्यवृद्धि तथा अनुचित नाफाखोरीमा संलग्न व्यक्ति वा संस्थामाथि कानुनबमोजिम कारबाही गर्न माग गरेको छ। किसान र उपभोक्ता दुवैको हित सुनिश्चित हुने गरी बजार व्यवस्थापन गर्न पनि सरकारलाई आग्रह गरेको छ।

यसैबीच संघले भदौदेखि असोज मसान्तसम्म काँचो केराको बगान बिक्री मूल्य प्रतिदर्जन ५५ देखि ६५  , कार्तिक देखि मंसिर मसान्तसम्म ४५-५० र पुस देखि माघ मसान्तसम्म ३० -३५ रुपैयाँ निर्धारण गरेको जनाएको छ।

कैलाली र कञ्चनपुरका सम्पूर्ण केरा कृषक तथा व्यवसायीलाई संघले तोकेको मूल्य कार्यान्वयन गर्न पनि पत्रकार सम्मेलन मार्फत आग्रह गरेका छन्।

बिहिबार, साउन १४, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रधानमन्त्री बोलाए राष्ट्रिय सुरक्षा परिषदको बैठक
मल अभावले कञ्चनपुरका किसान आन्दोलनमा
गेटा अस्पतालबाट एक वर्षको अवधिमा ४४ हजार ११० जनाले लिए ओपिडी सेवा

Recent Posts

  • प्रधानमन्त्री बोलाए राष्ट्रिय सुरक्षा परिषदको बैठक
  • मल अभावले कञ्चनपुरका किसान आन्दोलनमा
  • किसानले प्रतिदर्जन ६० रुपैयाँमै बेचेको केरा बजारमा महँगो कसरी ?
  • गेटा अस्पतालबाट एक वर्षको अवधिमा ४४ हजार ११० जनाले लिए ओपिडी सेवा
  • सरकार-चिकित्सक संघबीच ५ बुँदे सहमति, भोलिदेखि देशभर नियमित स्वास्थ्य सेवा सञ्चालनमा आउने

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.