• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
बुधबार, साउन १३, २०८३
बुधबार, साउन १३, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • २. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ३. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ४. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ५. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ६. विदेशबाटै निर्णय गर्दै लम्कीचुहाकी मेयर शाही, कर्मचारीमाथि कारबाहीको डण्डा 

  • ७. बैतडी समाज कैलालीद्वारा ६ जना सल्लाहकार नियुक्त

  • ८. एकहोरो हेराइ खै कता छ (गजल)

  • ९. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

  • १०. बेहडा बाबा मन्दिरलाई फलामका खाट (चारपाई) सहयोग

आज गुरुपूर्णिमा, गुरुहरूको सम्मान गरी मनाइँदै

धनगढी , १३ साउन / आषाढशुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा आज देशभर श्रद्धा र सम्मानका साथ मनाइँदै छ। यस दिन शिक्षा, दीक्षा तथा ज्ञान प्रदान गर्ने गुरुजनप्रति सम्मान प्रकट गर्ने परम्परा रहेको छ।

वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेदव्यासको जन्मजयन्तीका अवसरमा मनाइने व्यास जयन्तीलाई नै गुरुपूर्णिमाका रूपमा मनाउने चलन रहिआएको छ। वेदव्यासले वेद, वेदान्त, अठार पुराण, उपनिषद् लगायतका धार्मिक ग्रन्थको रचना गरी हिन्दू धर्म र संस्कृतिमा महत्वपूर्ण योगदान पुर्याएको विश्वास गरिन्छ।

गुरुपूर्णिमाका अवसरमा शिष्यहरूले आफ्ना गुरुलाई सम्मान गर्दै मिष्ठान्न, फलफूल तथा उपहार अर्पण गरी आशिर्वाद लिने परम्परा छ। गुरुलाई आमा-बुबा सरह सम्मान गर्ने संस्कार नेपाली समाजमा अझै कायम रहेको छ।

यस अवसरमा विद्यालय, कलेज तथा विभिन्न संघ-संस्थाले विशेष कार्यक्रम आयोजना गरी शिक्षक तथा गुरुजनप्रति कृतज्ञता व्यक्त गरिरहेका छन्।

धर्मशास्त्रअनुसार संस्कृत शब्द ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हो। अज्ञानरूपी अन्धकार हटाई ज्ञानको ज्योति फैलाउने व्यक्तिलाई गुरु भनिन्छ। यही सन्देशलाई आत्मसात् गर्दै आज देशभर गुरुपूर्णिमा मनाइँदै छ।

यसैबीच आजै वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।

वेदव्यासले वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गरेका थिए । पाँचौं वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गरेका थिए।

बुधबार, साउन १३, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीमा मध्यरातमा घर भत्किदा पशुचौपायाको क्षति  
संसदीय दलको बैठकमा कांग्रेस सभापति थापाले भने, सरकार कहाँ छ ?
तत्कालीन गेटा अस्पतालका निर्देशक सह–प्रा.डा.प्रमोद कुमार यादवको बिदाइ

Recent Posts

  • बैतडीमा मध्यरातमा घर भत्किदा पशुचौपायाको क्षति  
  • संसदीय दलको बैठकमा कांग्रेस सभापति थापाले भने, सरकार कहाँ छ ?
  • आज गुरुपूर्णिमा, गुरुहरूको सम्मान गरी मनाइँदै
  • तत्कालीन गेटा अस्पतालका निर्देशक सह–प्रा.डा.प्रमोद कुमार यादवको बिदाइ
  • बैतडीमा गोरुलाई मरासन्न कुटपिट गरेर भिरबाट फाल्ने एक नाबालक पक्राउ

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.