धनगढी , १२ साउन / प्रहरीले कञ्चनपुर स्थित भीमदत्त नगरपालिका -११ भाइरल रोडबाट लागू औषध खैरो हिरोइन सहित ३ जनालाई पक्राउ गरेको छ । सोमबार इलाका प्रहरी कार्यालय गड्डाचौकी र लागू औषध ब्यूरोशाखा महेन्द्रनगरबाट खटिएको टोलीले ३ ग्राम लागू औषध र कार सहित ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दोधरा चाँदनी नगरपालिका – १ का २८ वर्षीय नरेश मल्ल, सोही ठाउँका २४ वर्षीय भीम सिंह धामी र भीमदत्त नगरपालिका -७ का ३१ वर्षीय देवेन्द्र बहादुर चन्द रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता टेक बहादुर रावतले उनीहरूलाई भारतबाट नेपाल तर्फ आउँदै गरेको डीएल ८ सीबीएल ०९२३ नम्बरको कारमा शंकास्पद अवस्थामा फेला पारेर चेकजाँच गर्दा लागू औषध फेला परेको बताए ।
उनले पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धान भइरहेको बताएका छन् ।
