धनगढी , ५ साउन / कैलालीको गौरीगंगाबाट भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । सोमबार गौरीगंगा नगरपालिका – ८ बढैपुर स्थिति शिवशक्ति सामुदायिक वनको जङ्गल भित्र सालको रुखको टोड्का भित्र राखिएको भरुवा बन्दुक सहित एक युवक पक्राउ परेका हुन ।
प्रहरीले उक्त ठाउँमा रुख राखेको आरोपमा गौरीगंगा ८ देउरालीटोलका २९ वर्षीय पदम दर्माली मगरलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाश सिंह विष्टका अनुसार पक्राउ परेका युवकलाई इलाका प्रहरी कार्यालय मालाखेतीमा राखेर थप अनुसन्धान भइरहेको छ । उनलाई इलाका प्रहरी कार्यालय मसुरीयाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
