• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सन्ध्याकालीन धनगढी उत्सवमा युवा परिषद् उपाध्यक्ष गजेन्द्र साउदको विशेष उपस्थिति

धनगढी, २८ जेठ / धनगढीमा जारी सन्ध्याकालीन धनगढी उत्सव-२०८३ दर्शकहरूको उत्साहजनक सहभागितासँगै थप आकर्षक बन्दै गएको छ। उत्सवको नवौँ दिनसम्म आइपुग्दा उत्सवस्थलमा दैनिक रूपमा दर्शकहरूको उल्लेखनीय उपस्थिति देखिएको छ भने सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरूले उत्सवको रौनक अझ बढाएका छन्।

प्रभात इभेन्ट एण्ड मिडिया प्रालिको आयोजनामा सञ्चालन भइरहेको उत्सवले धनगढीसहित आसपासका क्षेत्रका सर्वसाधारणको ध्यान आकर्षित गरिरहेको छ। स्थानीय कला, संस्कृति तथा सिर्जनशील प्रतिभाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उत्सवमा हरेक साँझ सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरू भइरहेका छन्।

नवौँ दिनको कार्यक्रममा सुदूरपश्चिम प्रदेश युवा परिषद्का उपाध्यक्ष गजेन्द्र साउदको विशेष उपस्थिति रहेको थियो। आयोजकले उनलाई स्वागत गर्दै उत्सवमा युवाहरूको सहभागिता र स्थानीय प्रतिभा प्रवर्द्धनमा यस्ता कार्यक्रमहरूको महत्वबारे चर्चा गरेको थियो।

उत्सवस्थलमा स्थानीय कलाकारहरूको गीत, संगीत, नृत्य तथा सांस्कृतिक प्रस्तुतिले दर्शकहरूलाई मनोरञ्जन प्रदान गरिरहेका छन्। स्थानीय प्रतिभाहरूको प्रस्तुति हेर्न दर्शकहरूको उल्लेखनीय भीड लाग्ने गरेको छ।

धनगढी उपमहानगरपालिकाको कार्यालयदेखि राष्ट्र बैंक चोकसम्म सञ्चालन भइरहेको उत्सवमा करिब ३० वटा विभिन्न व्यापारिक तथा प्रदर्शनी स्टल, मनोरञ्जनात्मक मेला तथा सांस्कृतिक गतिविधिहरू समावेश गरिएका छन्। स्टलहरूमा समेत दर्शकहरूको बाक्लो चहलपहल देखिएको छ।

आयोजक प्रभात मिडियाका अध्यक्ष प्रकाश छेडालले दिनप्रतिदिन बढ्दो दर्शक सहभागिताले उत्सवलाई थप उत्साहपूर्ण बनाएको बताए। स्थानीय कला, संस्कृति र प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएको उत्सवप्रति सर्वसाधारणको सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको उनले बताए।

उत्सवका संयोजक तथा कार्यक्रम सञ्चालक गुणाकर पनेरुले सन्ध्याकालीन धनगढी उत्सवले स्थानीय भाषा, कला, संस्कृति तथा सिर्जनशील प्रतिभाको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनले उत्सवमा सहभागी भई स्थानीय कलाकार र संस्कृतिलाई प्रोत्साहन गर्न सम्पूर्ण नगरवासी तथा दर्शकलाई आग्रह गरे।

गर्मीयामलाई मध्यनजर गर्दै दैनिक साँझ ५ बजेदेखि राति ९ बजेसम्म सञ्चालन भइरहेको उत्सव असार ११ गतेसम्म जारी रहने आयोजकले जनाएको छ। उत्सव सञ्चालनमा कार्यक्रम सञ्चालक रेखा धानुकको समेत सक्रिय भूमिका रहेको छ।

उत्सव व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी रुक्मणी क्यान्ट हाउसले लिएको टेन्ट हाउसका सञ्चालक सुरेश शाहले जानकारी दिएका छन्।

शुक्रबार, जेठ २९, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.