• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलालीमा पिकनिक स्थलमा झडप, ३ प्रहरी सहित ६ घाईते, तीन पक्राउ

धनगढी, १७ जेठ/कैलालीको कैलारी गाउँपालिका–१ स्थित बनदेवी मन्दिर क्षेत्रको पिकनिकमा आएका दुई समूहबीच भएको कुटाकुट भएको छ । जेठ १४ गते शनिबार भएको घटना भएको थियो । उग्ररुप लिँदा घटना नियान्त्रण गर्न गएका प्रहरीमाथि समेत आक्रमण भएको छ । घटनामा तीन प्रहरीसहित ६ जना घाइते भएका छन् । कुटपिटमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरी नायव उपरिक्षक तथा प्रबक्ता योगेन्द्र तिमल्सीनाका अनुसार बनदेवी मन्दिर क्षेत्रमा पिकनिक मनाउन आएका व्यक्तिहरूबीच कुटाकुट भएपछि प्रहरी घटना स्थाल पुगेको थियो । घटना नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय हसुलियाबाट प्रहरी सहायक निरीक्षक साउन सिंह क्षेत्री भाटको कमाण्डमा चार जनाको टोलीलाई समेत उनीहरुले आक्रमण गरिएको थियो ।

घटनामा प्रहरी सहायक निरीक्षक साउन सिंह क्षेत्री भाट, प्रहरी हवल्दार भवान सिंह बुडाल र प्रहरी सहायक हवल्दार शैलेन्द्र बोहरा घाइते भएका छन् । घाइतेमध्ये शैलेन्द्र बोहराको टाउको, हात र खुट्टामा चोट लागेको र उनको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरी हवल्दार बुडालले प्रयोग गरेको मोटरसाइकलमा समेत क्षति पुगेको छ । प्रहरीमाथिनै हातपातपछि इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी निरीक्षक सुनिल विक्रम शाहको कमाण्डमा थप १२ जनाको टोली परिचालन गरी घटना नियन्त्रण गरिएको प्रहरी प्रबक्ता तिमल्सेनाले जानकारी दिए ।

घटनामा कैलारी गाउँपालिका–१ का ४० वर्षीय गोकर्ण बोहरा, ४५ वर्षीय रामचरण चौधरी र ४० वर्षीय नृप बोहरा पनि घाइते भएका छन् । गोकर्ण बोहराको हात र खुट्टाको शल्यक्रिया गरिएको छ भने अन्यको अवस्था सामान्य रहेको जनाइएको छ । घटनामा संलग्न रहेको आरोपमा घोडाघोडी नगरपालिका–११ का २० वर्षीय स्वरुप कठरिया, २३ वर्षीय दिलिप कठरिया र २१ वर्षीय अरमान कठरियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्वरुप कठरियाले प्रयोग गरेको ना ३ त १४२७ नम्बरको ट्यक्टर समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आइतबार, जेठ १७, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.