बैतडी, ६ वैशाख / बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका-८ बाट बझाङको देउलेखतर्फ जादै गरेको सुदूरपश्चिम प्रदेश ०१ ००१ त १३८४ नम्बरको ट्याक्टर सिगास-८ को सानीगाड खोलामा आइतबार बिहान करिब १० बजेको समयमा दुर्घटना हुदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सिगास-८ लुपुणका २५ वर्षीय लोकेन्द्र बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो । ट्याक्टर चालक फरार रहेका छन् । उनको परिचय खुलेको छैन ।
ट्याक्टरमा चालकसहित दुई जना मात्रै सवार रहेका थिए । ट्याक्टर सडकबाट करिब दुई सय मिटर तल खसेको छ ।