धनगढी, २१ भाद्र/कैलाली उद्योग वाणिज्य संघको आगामी भदौ २८ गते हुने निर्वाचनका लागि तिन पदाधिकारी, तिन कार्यसमिति सदस्य गरि ५ जनाको एकल उम्मेदबारी दिएका छन् ।
९ पदाधिकारी १३ कार्यसमिति सदस्यका लागि बर्तमान बरिष्ठ उपाध्यक्ष पुष्करराज ओझाको अध्यक्षमा उमेदबारी सहित प्यानलमा चुनावि मैदानमा छन् भने पुर्व महासचिव रुपेश स्वाँरको अध्यक्षमा उम्मेदबार सहित प्यानल सहित मैदानमा उत्रेका छन् । निर्वाचनमा तीन पदाधिकारी र तीन सदस्य गरि छ जना स्वतन्त्र एकल उम्मेदबारी दिएर प्रतिस्पर्धामा रहेका छन् ।
बरिष्ठ उपाध्यक्षमा सुरेन्द्र राठी, उपाध्यक्ष ऐशोसिएटमा कविन्द्र पन्त र सचिवमा कोपिला कुँवरले एकल उम्मेदबारी दिएका छन् । उनीहरु एकल उम्मेदबारी दिएर मतदाता माझ मत मागिरहेका छन् । सदस्यमा सुरज बहादुर बोहरा, शिब गुरुङ्ग र गिरीराज पाण्डेयले एकल उम्मेदबारी दिएका हुन् ।
उनीहरु एकल उम्मेदबारी दिएर मतदाता माझ मत मागिरहेका छन् । भदौ २८ गते हुने निर्वाचनले संघमा अध्यक्षसमेत गरी नौ जना पदाधिकारीसहित २२ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । नेतृत्व चयनका लागि निर्वाचनमा दुई हजार २७४ जना व्यवसायी मतदाता छन् ।
यस्तो छ उम्मेदबारहरुको नामवली
-पदाधिकारीका उम्मेदबार

-कार्यसमिति सदस्यहरुका उम्मेदबार
