• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

प्याब्सनले स्थानीय मेयरलाई ज्ञापनपत्र बुझाउँदै 

धनगढी, २९ साउन। निजी तथा आवासीय विद्यालय सञ्चालकहरूको छाता संगठन प्याब्सन, धनगढी उपमहानगरपालिका समितिले प्रस्तावित ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ मा रहेका केही प्रावधानप्रति गम्भीर असहमति जनाउँदै धनगढी उपमहानगरपालिकाका प्रमुख र पदाधिकारीहरूलाई आज ज्ञापनपत्र बुझाउने भएको छ। ज्ञापनपत्र बुझाए लगत्तै प्याब्सनले

पत्रकार सम्मेलन समेत आयोजना गर्ने भएको छ।

प्याब्सन, धनगढी उपमहानगरपालिका समितिले साउन २९ गते बिहान ११ बजे धनगढी उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको छ।

प्याब्सनका अनुसार, नेपालको शिक्षा विकासमा निजी क्षेत्रको चार दशकभन्दा बढीको महत्त्वपूर्ण योगदान छ। यस क्षेत्रमा करिब ६ खर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ, जसबाट ४ लाखभन्दा बढीले रोजगारी पाएका छन्। निजी विद्यालयहरूले देशका ३४% विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोे दावी प्याब्सनको छ । देशको कुल गार्हस्थ्य उत्पादन (GDP) मा ७.२% र शिक्षाको वार्षिक बजेटमा करिब ३५% योगदान पुर्‍याएको प्याब्सनले जनाएको छ।

तर, हालै प्रस्तावित विधेयकमा निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने र पूर्ण छात्रवृत्ति दिनुपर्नेजस्ता प्रावधानहरूले निजी क्षेत्रको लगानी र भविष्यमाथि गम्भीर प्रश्नचिह्न खडा गरेको प्याब्सनको भनाइ छ। प्याब्सनले यी प्रावधानहरू अव्यावहारिक, लगानी प्रतिकूल र पूर्वाग्रही भएको आरोप लगाएको छ।

प्याब्सन, धनगढी उपमहानगरपालिका समितिका सचिव लोकेन्द्र सिंह विष्टका अनुसार, प्याब्सनले विधेयकबाट ‘निजी विद्यालयहरूलाई क्रमशः गैरनाफामूलक बनाइनेछ’ भन्ने वाक्यांश र ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाउन माग गरेकाे छ । साथै, हाल कायम रहेको १०% छात्रवृत्तिको प्रावधानलाई निरन्तरता दिनुपर्ने र छात्रवृत्तिको दायरामा भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाइ शुल्क मात्र कायम गरिनुपर्ने प्याब्सनको माग छ।

प्याब्सनले यी मागहरूलाई सम्बोधन नगरिएमा यसले देशको शैक्षिक चक्र मात्र नभई आर्थिक चक्रलाई समेत गम्भीर असर पर्ने चेतावनी दिएको छ। यस महत्त्वपूर्ण कार्यक्रममा सहभागी भई निजी शैक्षिक क्षेत्रका सरोकारहरूलाई आम नागरिकसम्म पुर्‍याउन प्याब्सनले सम्पूर्ण सञ्चारकर्मीहरूलाई अनुरोध पनि  गरेको छ।

बिहिबार, साउन २९, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.