• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

वैदेशिक रोजगारीबाट फर्केर व्यावसायिक केराखेतीमा कञ्चनपुरका राना

कञ्चनपुरः वैदेशिक रोजगारीबाट फर्केका शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका मोहन राना नौ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका छन्।

वार्षिक रुपमा उनले १५ लाखदेखि २० लाखसम्मको बारीमा उत्पादित केरा बिक्री गरी आम्दानी लिँदै आएका छन्।  दुई बिघा भाडामा र एक बिघा स्वामित्वको गरी तीन बिघा जग्गामा रानाले केराखेती गर्नुभएको छ। केरा बारीमा जि नौ जातको बढी उत्पादन दिने केरा रोपिएको छ। गत वर्ष रानाले १८ लाखको केरा बिक्री गरेका थिए। केराखेतीका लागि यस वर्ष प्रतिकूल मौसम भएकाले उत्पादन गत वर्षको भन्दा बढी हुनेमा राना ढुक्क छन्। बारीमा उत्पादित केरा दसैँ–तिहारमा बिक्री गर्ने योजना रानाको रहेको छ।

“दशैँ–तिहारका बेला केराको माग उच्च हुन्छ”, उनले भने, “मूल्य पनि सोचेअनुसार नै पाइन्छ, त्यै भएर यसै समयमा केरा बिक्रीका लागि तयार गर्दै आएका छौँ।” व्यापारीले गाडी लिएर बारीमै पुगेर हातो हात पैसा दिएर केरा खरिद गरेर लैजाने गरेको रानाले बताए। थोकमा केराको प्रतिघडी ५०० देखि रु ६०० मा बिक्री हुने गरेको छ  प्रतिघडीमा १० देखि १५ दर्जन बढी केरा उत्पादन हुने गरेको छ। केराखेतीका लागि रासायनिक मल, बिषादी, सिँचाइ र कामदारको ज्याला गरी चार लाख जतिको खर्च आउने गरेको छ।

बारीमा रोपिएका केराको गोडमेललगायतको कार्यका लागि मौसमी रुपमा १० देखि १२ जना कामदारलाई उनले रोजगारी पनि दिँदै आएका छन्। “घरमा रोजगारी उपलब्ध नभएपछि केही वर्ष भारतमा काम गरे”, उनले भने, “त्यसपछि तीन वर्ष मलेसियामा बसेर काम गरे, विदेशमा काम गरेर घर खर्च मात्रै चल्थ्यो, बचत गर्न सकिँदैन्थ्यो, त्यै भएर घर फर्केर सुरुमा चार कट्ठा जग्गामा परीक्षणका रुपमा केराखेती गरे। त्यसले राम्रो उत्पादन दिएपछि खेतीलाई व्यावसायिक बनाउन हौसिएको उनले बताए।

जग्गाको क्षेत्रफल बढाउँदै लगेर आम्दानी बढ्दै गएको छ। अहिले खर्च कटाएर वर्षमा रु १० लाख जति रकम बचत हुने गरेको उनले बताए। कहिलेकाहीँ हावाहुरी, जङ्गली हात्तीले केराखेतीमा क्षति पुर्याउने बाहेक अन्य नोक्सान भने अरू बाली जस्तो नहुने गरेको उनले बताए। श्रीमान् श्रीमती दुवै जना दिनको आठ घण्टाभन्दा बढी समय केराको स्याहारसुसारमै बिताउने गरेको उनको भनाइ छ। शुक्लाफाँटा–१२ का वडाध्यक्ष नवलसिंह रानाले मोहनलाई नगरपालिका क्षेत्रमा व्यावसायिक केराखेती गर्ने अब्बल किसानका रूपमा रहेको बताए। “मोहनले न केवल आफ्नो परिवारलाई आत्मनिर्भर बनाएका छन”, उनले भने्, “गाउँका अन्य युवालाई पनि प्रेरणा दिएका छन्।”

 

मङ्गलबार, साउन २७, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.