धनगढी, २५ साउन/कैलाली कारागार शान्त हुँदै गएको छ । शुक्रबार राति कैदीबन्दी बीच झडप हुँदा अशान्त बनेको कैलाली कारागार शान्त हुन थालेको हो ।
झडपको क्रममा धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु हुनुका साथै ४७ जना कैदीबन्दी घाइते भएका थिए । शनिबार साँझसम्म अशान्त रहेको कैलाली कारागार शान्त बन्दै गएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
प्रशासन सुरक्षा संयन्त्र बकाईदा साथ कैलाली कारागारमा दैनिकी काम गरिरहेको कैलाली कारागारका जेलर जलान्धर भुसालले जानकारी दिए । उनले भने ‘अशान्त छैन । त्यहाँको प्रशासन बकाइदा साथ आफ्नो दैनिकी काम गरिरहेको छ ।’ अहिले अवस्था शान्त भइसकेको तथा अशान्त नरहेको उनको भनाइ छ ।
