धनगढी , ३१ असार / जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उप–महानगरपालिका–३ स्थित भन्सार एरियामा चेकजाँचको क्रममा खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार असार ३० गते साँझ करिब ६:४५ बजे पक्राउ परेका व्यक्ति कैलालीको गौरीगंगा नगरपालिका–८ बस्ने ३१ वर्षीय उमेश चौधरी रहेका छन्। उनको साथबाट ९ ग्राम ३५० मिलिग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ।
हाल पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिए ।