धनगढी, १९ असार / यतायात ब्यबस्था कार्यालय धनगढीमा बिमा कम्पनीहरुको मनोमानी चलिरहेको छ । यतायात ब्यवस्था कार्यालयका प्रमुख बिनोद कुमार मालीको सरुवा भए पछि केही बिमा कम्पनीले आफ्ना एजेन्टहरु कार्यालय भित्रै खटाएर नियम विपरित काम गरीरहेका छन् ।
सरकारी कार्यालय भित्रै बिमा कम्पनीहरुले मार्केटिङ गरेर अवैधानिक रुपमा सेवाग्रहीलाई छिटो काम गरिदिने भन्दै प्रलोभनमा पारीरहेको देखिन्छ । प्रोटेक्टिभ माइक्रो इन्सोरेन्स लिमिटेडले यतायात कार्यालय भित्र सेवाग्राहीसँगै लाइनमा लागेर अवैधानीक तवरले काम गरिरहेको त्यहाँ स्थित अन्य बिमा कम्पनीहरुले आरोप लगाएका छन् ।
तर प्रोटेक्टिभ माइक्रो इन्सोरेन्सका प्रमुख देवेन्द्र वमले भने आफ्नो विमा कम्पनीले विमा प्राधिकरणकै नियममा टेकेर काम गरिरहेको बताए । अवैधानिक रुपमा काम गरेको भन्ने भनाइ प्रमाण विहीन भएको उनले दाबी गरे । सबै बिमा कम्पनीहरुले यतायात कार्यालय भित्रैबाट सेवाग्राही सम्पर्कमा लिएर काम गरिरहेका छन्, प्रोटेक्टिभ बिमा कम्पनीका प्रतिनिधिले जानकारी दिए ।
तर यतायात ब्यवस्था कार्यालयका निमित्त प्रमुख चक्र प्रसाद उपाध्यायले यस बारेमा कुनै आधिकारी जानकारी नआएको र कार्यालय भित्रै बिमा एजेन्टहरु खटाउन भने नपाइने उनले बताए । यसो भैरहेकै हो भने, हामी तत्काल सुचना निकालेर सबै बिमा कम्पनीलाई नियम विपरित काम नगर्न निर्देशित गर्ने उपाध्यायले बताए ।
