धनगढी, ११ असार / यतिवेला आर्थिक वर्ष २०८२/०८३ बजेटले स्थानीय तहहरुको माहोल तातेको छ । संघीय र प्रदेश सरकारहरुले बजेट ल्याए लगत्तै अधिक स्थानीयहरुले असार १० गते भित्र बजेट ल्याएका छन्।
कैलाली जिल्लाका १३ वटा स्थानीय तहले पनि आर्थिक वर्ष २०८२/०८३का लागि समयमै बजेट पेस गरेका छन्।
सुदूरपश्चिमकै एकमात्रै उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाले २ अर्ब ५६ करोड ४ लाख ६६ हजारको बजेट ल्याउको छ ।
यस्तै गोदावरी नगरपालिकाले १ अर्ब १८ करोड ५४ लाख ५६ हजारको बजेट ल्याएको छ भने , गौरीगंगा नगरपालिकाले १ अर्ब १ करोड ७६ लाख ३३ हजार, लम्कीचुहा नगरपालिकाले १ अर्ब २० करोड ९९ लाख, टीकापुर नगरपालिकाले ९३ करोड ६७ लाख र भजनी नगरपालिकाले ६८ करोड बराबरको बजेट पेस गरेको छ ।
यस्तै गाउँपालिकामा चुरेले ५२ करोड ८७ लाख ९७ हजार, जानकीले ९१ करोड ३७ लाख ६० हजार , बर्दगोरियाले १ अर्ब २ करोड ९१ लाख , जोशीपुरले ८३ करोड ८६ लाख ५९ हजार १ सय ५४ रुपैया र मोहन्याल गाउँपालिकाले ६१ करोड बराबरको बजेट गाउँसभाबाट पास गरेको छ ।
अगामी बर्षको लागि चालु तथा पुँजीगत बजेट सार्वजनिक गरेका हुन ।