धनगढी, २० वैशाख / धनगढी उपमहानगरपालिका १६ मा रहेको भादा होमस्टेमा भैरहेको होमस्टे मेला महोत्सवको समय १ दिन थप गरिएको छ । सुदुर प्रदेश स्तरीय होमस्टे मेला महोत्सव २०८२ को समय दर्शकको माग अनुसार थप गरिएको आयोजकले जनाएको छ।
१८ गते देखि सुरु भएको होमस्टे मेला महोत्सवमा रैथाने संस्कृति र परिकारलाई प्राथमिकता दिँदै होमस्टेको विकासका लागि गरिएको छ। सुदुरपश्चिम प्रदेश भरिकै होमस्टे बाट प्रतिनिधिहरुको उपस्थिति सँगै विभिन्न पौराणिक र रैथाने संस्कृति झल्किने नृत्यहरूको प्रस्तुति रहेको छ।
बिशेष गरी पर्यटनको आधार निर्माणको लागि होमस्टे मेला महोत्सवको २०८२ आयोजना गरिएको छ। औपचारिक रुपमा महोत्सव समापन भएता पनि सांस्कृतिक कार्यक्रमहरुलाई भोलि पनि निरन्तरता दिने गरि कार्यक्रम तय गरिएको आयोजकले जानकारी दिएको छ।