धनगढी ३१ चैत/ कैलालीको भजनी ५ बाट प्रहरीले २० लाख बराबरको चोरीको ब्रेजा कार प्रहरीले बरामद गरेको छ । आज जिल्ला प्रहरी
कार्यालय कैलालीबाट खटीगएको प्रहरी टोलीले सो कार बरामद गरेको हो ।
प्रहरीले ईन्जिन नम्बर K15BN4097234, चेसिस नम्बरर MA3NYFJ1SMA728946 र बा. प्र. ०१-०२६ च ७९९४ नम्बर टासेको ब्रेजा कार शंकास्पद रुपमा फेलापारी रित पुर्वक बरामद गरी उक्त कारको बारेमा यातायात व्यवस्था कार्यालय एकान्तकुना ललितपुरमा लेखापढी गर्दा उक्त नम्बरको कारको इन्जिन नम्बर र चेसिस नम्बर मेल नखाएकाले उल्लेखित कारलाई भन्सार ऐन नियम बमोजिम आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक कबिन्द्र सिह बोहराले जानकारी दिए ।