२०९० सम्मको नेपाल: भविष्यका सपनाहरू र यथार्थ
नेपाल एशिया महादेशमा रहेको सानो अनि विश्वको एउटा अत्यन्त सुन्दर दक्षिण एशियाकै पुरानो देश हो। नेपाल विविधतामा एकता , प्राकृतिक सम्भावना भएको देश हो यहाँ प्राचीन कला, संस्कृति , जात , जाति , भाषा, धर्म , रहनसहन , सामाजिक , सास्कृतिक, धार्मिक सहिष्णुताले अत्यन्त सुन्दर प्राकृतिक वातावरण , हावापानी जस्ता कुराहरूले हामी समृद्ध छौ तर २१ औं शताब्दीको प्रारम्भमा आईपुग्दा सम्म हाम्रो देशमा विभिन्न व्यवस्था परिवर्तन भए व्यवस्थाका नाममा सशस्त्र आन्दोलन भई राणा शासनदेखि , पञ्चायति व्यवस्था , राजतन्त्रको अन्त्य भई लोकतन्त्र , गणतन्त्रको युगसम्म प्रवेश गर्दा पनि अपेक्षित विकास र समृद्धि नभएको भान हुदै गईरहेको छ , जनतामा निराशा छाईरहेको छ लाखौं युवाहरू विदेशीनु परिरहेको छ ।
हाम्रो वर्तमान संविधानले प्रस्तावनामा नै शान्ति , सुशासन , विकास , समृद्धि संगै समाजवाद उन्मुख राष्ट्रको परिकल्पना गरेको छ तर संविधान बनेको एक दशक हुनलाग्दा पनि जनतामा भने उहीँ निराशा छाईरहेको छ ।
कुनै समय प्रजातान्त्रिक कमान्डर , नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री , नेपाली काङ्ग्रेस सभापति स्व. जननेता वि.पि कोईरालाका सपना थिए ।´´प्रत्येक नेपाली म जस्तै होउन् , प्रत्येकको एउटा घर होस , उसका छोराछोरीले अनिवार्य रूपले शिक्षा दीक्षा पाउन र यदि आवश्यकता पर्छ भने यथोचित ओषधि उपचारको सुविधा पाउन यो लक्षमा पुग्नु नै उहाँको सपना थियो हो त्यस्तै मलाई पनि हाम्रो देश नेपाल न त अमेरिका जस्तो बनोस, न त स्विजरल्याण्ड जस्तो न त चाईना जस्तो बनोस भन्ने चाहान्छु हाम्रो देश २०९० को दशकसम्म नेपाल जस्तै सुन्दर , शान्त , सबै मानिहरू स्वास , शिक्षित , समृद्ध , ईमानदार होउन , धर्म भन्दा माथि उठेर समाजिक सदभावको भावना जागृत होस, देशमा रोजगारी सिर्जना होस , देशमा कृषि , विज्ञान र उद्योगहरूको विकास होस , देशमा भ्रष्टाचारमुक्त होस , पराधिन भएर बाच्न नपरोस र हाम्रो देश नेपाल आत्मनिर्भर र समृद्ध बनोस भन्ने कुराहरूको परिकल्पना गर्छु त्यसका लागि विविध क्षेत्रहरूमा ध्यान दिन सके हाम्रो देश नेपाल एक सुखि र समृद्ध नेपाल बन्नेमा विस्वस्त छु । जसका लागि विविध क्षेत्रमा उल्लेख्य जोड दिन आवश्यक पर्छ।
पहिलो : कुषि
नेपाल एक कृषिप्रधान देश हो । नेपालको कुल ग्राहस्त उत्पादनमा कृषि क्षेत्रको योगदान एक तिहाइभन्दा बढि रहेको छ भने देशमा कृयाशिल श्रमशक्ति मध्ये करिब दुई तिहाइ कृषि क्षेत्रमा संलग्न छन ।यद्यपि कृषि क्षेत्रको वृद्धिदर एवम् उत्पादकत्व भने तुलनात्मक रूपमा न्यून रहेको देखिन्छ ।
मानिसलाई बाच्नका लागि गाँस , बाँस , कपास को आवश्यकता पर्दछ कृषि तथा स्वदेशी उत्पादनबिना देश भोकमरी , खाद्यसंकटको चपेटामा पर्ने अवस्था छ त्यसैले म २०९० नब्बे को दशकसम्म हाम्रो देश सुखी र समृद्ध बन्नका सबैभन्दा पहिलो प्राथमिकता कृषिमा लगानी गरि स्वदेशमै उत्पादनलाई प्रबर्द्धन गरि हामी भोकमरी संकटबाट मुक्त हुन सक्छौं ।
कृषि एउटा यस्तो पेशा हो जसले गरिबी निवारण गर्ने देखि ओैधोगिक कच्चा पदार्थ उपलब्ध गराउने , खाद्यान्न र पोषकत्व उपलब्ध गराउने , रोजगारी प्रदान गर्ने र कुल ग्राहस्त उत्पादनमा उल्लेख्य योगदान दिने क्षेत्र कृषि हो त्यसैले कृषिलाई नेपालको अर्थतन्त्रको मेरूदण्ड मान्न सकिन्छ । अहिलेको अवस्थामा सरकारले कृषिबाट उल्लेख्य लाभ लिन सकिरहेको छैन । जसका पछाडि विभिन्न समस्याहरू देखा परेका छन जस्तै न्युनतम आवश्यक पुवाधारको कमि, जग्गाको खण्डिकरण, मैासममा निर्भर खेति प्रणालि , कृषि अनुसन्धान तथा प्राविधिक विकासको सुस्तता र पर्याप्त वित्तीय सेवाको अभाव , बालि लगाउने सिजनमा जमिनको लागि आवश्यक मल , बिउ बिजनको आपूर्तिमा ठुलो समस्या , स्थानिय सरकारले समयमै बीउ , बिजन उपलब्ध गराउन नसक्नु ,बाढि , पहिरो, प्राकृतिक प्रकोपको प्रभाव जस्ता कुराले कृषि क्षेत्रमा उत्पादकत्व नबढ्नुका प्रमुख कारक तत्वहरू हुन जसको प्रभाव नेपाल जस्तो गरिब ,बिकासन्मुख देशमा भोकमरी चर्को महङ्गिले नागरिकलाई आयातित सामान किनेर खान बाध्य पारेको छ। यो हाम्रो कृषिमा देखिएको बिडम्बना हो जहाँ साठी प्रतिशत नागरिकहरू कृषिमा आधारित हुदा हुदै पनि देशमा खाद्यको चरम संकट र महङ्गिको चरम चपेटामा पर्नु परेको छ । त्यसका लागि विविध क्षेत्रमा सुधार गर्न सक्यौं भने २०९० को दशकसम्म हामि सुखि र समृद्ध बनिसक्ने छौ ।
जस्तै सबैभन्दा पहिले यस क्षेत्रका लागि आवश्यक कानुन निर्माण गरि कार्यान्वयन गर्नुपर्ने हुन्छ । उचित बजार व्यवस्थापन , परम्परागत कृषिलाई आधुनिकरणमा लिनुपर्ने , कृषिमा उच्च शिक्षा हासिल गर्ने जनशक्तिलाई उचित व्यवस्थापन गर्नुपर्छ भने अन्य यो पेशालाई छिटो, छरितो र सरल गर्न यान्त्रिककरण गरिनु आवश्यक , स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुका साथै स्थानीय स्तरका आरनलाई प्रोत्साहन गर्नु साथै निजि क्षेत्रका लगानिकार्तालाई आकर्षित गरेर देशमै लगानी गरि उत्पादनमुखि , व्यवसायमुखि कृषि पेशा बनाई देशमै रोजगारी प्रदान गर्न सकिन्छ । अबको एक दशकभित्र यी विविध विषयलाई ध्यान दिन सकेमा हाम्रो अर्थतन्त्रमा सुधार संगै नागरिकमा खुशी र समृद्धि छाउने कुरामा विस्वस्त हुन सकिन्छ ।
दोस्रो शिक्षा
२०९० को दशकसम्म देश सुखि र समृद्ध बन्नका लागि अबको प्रमुख प्राथमिकता भनेको शिक्षामा ध्यान दिनु हो । कुनै पनि देशको विकासका लागि शिक्षाको महत्त्वपूर्ण भुमिका रहन्छ । शिक्षाको स्तरले मुलुकको समृद्धि धोतन गर्छ समाजको चाहानाले शिक्षाको उदेश्यलाई प्रभाव पार्छ भने शिक्षाले समाज रूपान्तरणको गति निर्धारण गर्छ त्यसैले शिक्षा सामाजिक परिवेश , राष्ट्रिय माग र परिवेश अनुरूप बनाउन आवश्यक देखिन्छ । यसरी विभिन्न कुराहरूलाई नियाल्दा नेपालको शिक्षा प्रणालिले व्यक्ति , समाज र राष्टको आवश्यकता संगसंगै विवेकशील समाजको पुनःनिमार्णका लागि चाहिने नागरिक ज्ञान , सीप , क्षमता र चरित्र निर्माण गर्न सकिरहेको छैन । त्यसैले अबको समयमा शिक्षालाई प्राथमिकतामा राखेर जोड दिने हो भने नेपाल विकसित र समृद्ध हुन धेरै समय लाग्दैन ।
हामीले उदाहरण हेर्न सक्छौ विकसित , आर्थिक क्षेत्रमा फड्को मारेका देशले शिक्षालाई प्राथमिकतामा राखेका छन । आधुनिक सिंगापुरका निर्माता लि क्वान युले मानव साधन बिकासमा उपयुक्त शिक्षा निति ल्याएर नै आर्थिक -सामाजिक रूपान्तरणको जग हालेका छन । उनको रणनीति यस्तो थियो ´´टिच लेस, लर्न मोर“ थोरै पढाउ, धेरै सिक। व्यक्ति र शिक्षाको अन्तरसम्बन्ध कायम भएपछि त्यो सम्भव हुन्छ ।
एकजना चर्चित साउथ अफ्रिकाका राजनितीज्ञ तथा पुर्व राष्ट्रपति नेल्सन मण्डलाले भन्नुभएको छ ´´शिक्षा नै धेरै शक्तिशाली अस्त्र हो जसको प्रयोगले संसारलाई बदल्न सक्छन् “। उहाँको यो भनाईबाटै प्रष्ट हुन्छ कि शिक्षामा कति शक्ति छ त्यस्तै अर्का विद्वान् कन्प्युसियस भन्छन शिक्षाले आत्मविश्वास , आत्मविश्वासले आशा र आशाले शान्ति तसर्थ शिक्षाले शान्त , समृद्ध र सशक्त राष्ट्र निर्माण गर्न सक्छ । त्यसैले अबको समयमा हाम्रो देशमा गुणस्तरीय शिक्षामा प्रमुख जोड दिनुपर्ने छ त्यसैले गुणस्तरीय शिक्षा प्रत्येक रोगको , प्रत्येक समस्याको एकमात्र अचुक ओैषधि हो जसले गरिबी , अव्यवस्था , अशान्तिलाई निर्मृल गर्न सक्ने क्षमता राख्दछ।त्यसैले अबको समयमा गुणस्तरीय शिक्षामा प्रमुख जोड दिन सकियो भने २०९० को दशकसम्म देशले समृद्धि र बलियो अर्थतन्त्रको रेखाचित्र कोरिसक्नेछ।जसका लागि विविध क्षेत्रमा जोड दिनु आवश्यक देखिन्छ । हामिसंग शिक्षा निति छ तर यो शिक्षा नितिले गुणस्तरीय , रोजगारमुलुक , व्यवसायकि , आत्मनिर्भर , अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने खालको नभएकोले नयाँ शिक्षा निति , ऐन , नियमावली , निर्देशिका निर्माण गरेर आतमनिर्भरता , शान्ति , स्थायित्व र समृद्धितर्फ मुलुकलाई लैजान जरूरि भएको छ जसका लागि सबैभन्दा पहिलो पाठयक्रममा परिमार्जन गरेन जरूरि छ जसमा नया कुरा सिक्ने , आफुलाई चिन्न सक्ने , नैतिकता , मानवियता , पुर्वीय दर्शन , सिर्जनात्मकता , विकासलाई विशेष जोड दिएर पाठयक्रम निमार्ण गर्न सकेमा हाम्रो शिक्षाप्रणालि परिणाम मुखि हुनेछ ।
अर्को शिक्षण विधि बदल्न जरूरि छ आजको विज्ञान , प्रबिधिको युगमा शिक्षण पद्धति बैज्ञानिक हुनुपर्छ र सिकाई कलात्मक , सिर्जनात्मक बनाउने तर्फ ध्यान दिने हो भने नेपालको विकास , शान्ति , समृद्धि , सहकार्य र एकतालाई नब्बेको दशकसम्म बलियो बनाउन सकिन्नेछौ ।अर्को मुख्य कुरा अबको शिक्षा प्रबिधिमैत्रि बनाउन जरूरि छ , सुचना सञ्चार प्रबिधिको युगमा बालकलाई आधुनिक वपज्ञान र प्रबिधिमा सहयोग गर्नुपर्छ । नयाँ सिकाई सहजिकरण गर्ने मेकानिजम तयार गर्नुपर्छ। अर्को मुख्य जो दिनुपर्ने बिषय भनेको परीक्षा प्रणालिमा छ।आजको शिक्षा प्रणालिमा मुल्यांकन पद्धतिमा तीन चार घण्टाको लिखित परिक्षाको ग्रेडसिटका आधारमा मुल्यांकन गरिन्छ जुन अव्यावहारिक छ त्यसैले अबको मुल्यांकन पद्धतिमा विद्यार्थीको जीवन सीप , व्यवहारिक सीप , नैतिक मुल्य मान्यता र आदर्शको प्रयोगिक सीप परिक्षामा मुख्य जोड दिदै विद्यार्थी को सिर्जनात्मकता , समालोचनात्मक चिन्तन , सहकार्यतामा आधारित भएर जोड दिने हो भने आउने दस बर्षको अवधिमा शिक्षामा आमूल परिवर्तन गर्न सकिन्छ जसले राष्ट्रलाई समृद्ध नेपाल बन्नमा अग्रसर गराउने छ।
तेस्रो : पर्यटन
देशको अर्थतन्त्रमा कायापलट विकास गर्नका लागि पर्यटन क्षेत्रमा प्रमुख ध्यानदिनुपर्ने हुन्छ ।
नेपालमा पर्यटन क्षेत्र धेरै सम्भावना भएको उद्योग हो त्यसैले पर्यटन क्षेत्रमा कायापलट विकास गर्ने हो भने अबको दस बर्षभित्र हाम्रो देश बिकसित राष्ट्रको स्तरमा पुग्नेछ । पर्यटन क्षेत्र प्रचुर सम्भावना भएको क्षेत्र हुदाहुदै पनि हाम्रो देशले उचित लाभ लिन सकिरहेको छैन जसका धेरै कारण तथा समस्याहरू छ जस्तै असुरक्षित हवाई यात्राको सुचिमा नेपाल परिरहनु, प्राकृतिक सम्पदाहरूको अतिक्रमण बढ्दै जानू, पर्यटकहरूको सुरक्षाको सवालमा कमजोर स्थिति देखा परिरहनु जस्ता समस्याको कारणले धेरै मात्रामा हवाई दुर्घटनामा परि धेरै मानिसहरूले ज्यान गुमाउनु परिरहेको छ ।पर्यटन व्यवसायलाई सुधारउन्मुख बनाउनका लागि विविध क्षेत्रमा सुधार गर्न सक्यौं भने २०९० सम्ममा हाम्रो अर्थतन्त्रमा कायापलट सुधार हुनेछ । र
नेपाल संघिय ढाँचामा प्रवेश भईसकेको परिपेक्षमा समग्र नेपाल र प्रादेशिक तहसम्मको पर्यटन प्रबर्द्धनका लागि नयाँ संरचनाहरूलाई निर्माण , नयाँ परिस्थिति र अन्तर्राष्ट्रिय परिवेश अनुकुल निति बनाई लागु गर्ने, सुरक्षित र भरपर्दो हवाई सेवाको सुनिश्चितता गर्ने , पुर्वाधारमा लगानी वृद्धि गर्ने , पर्यटन विविधिकरण तथा गुणस्तरमा वृद्धि , परम्परागत , मैालिक संस्कृतिहरूको संरक्षण र प्रबर्द्धन गर्ने , व्यवसायीक दक्ष जनशक्ति विकास गर्ने , गन्तव्यहरूको पहिचान तया बजारिकिकरमा जोड दिदै जानू नै आजको प्रमुख आवश्यकता हो यसका लागि गुणात्मक सुधार नै पहिलो शर्त हो।त्यस्तै बदलिँदो परिस्थिति र अन्तर्राष्ट्रिय परिवेश अनुसार पर्यटन बोर्डको पुन:संरचनामा ध्यान दिई प्रयाप्त होटेल , आवासको गुणस्तर मुल्यांकन प्रणालिको बिकास र विस्तार , राष्ट्रिय गैारबका आयोजनाहरू , विमानस्थल , दुरेत मार्ग आदिको समयमै निर्माण गर्न सकेमा , पुर्वाधार लगानिमा वृद्धि संगै राम्रो प्रचार प्रसार हुन सकेमा आउने पर्यटनको सङ्ख्यामा वृदिका साथै देशको विग्रिदै गईरहेको अर्थतन्त्रमा कायापलट सुधार गर्न सकिन्छ । यसरी हाम्रो देशमा रहेका सगरमाथा , गैातम बुद्धको जन्मस्थान लुम्बिनी र नेपालका जलसम्पदा र जडिबुटीको राम्ररी उपभोग गर्न सकेमा राष्ट्रले चाडैं कोल्टे फेर्न सक्नेछ यसका लागि राजनीतिक स्थिरता , नेतृत्वमा ढुढ ईच्छा हुनुपर्ने हुन्छन् जसले विदेशीनु परेका लाखौं युवालाई देशमै यस्ता क्षेत्रमा लगानी गरि व्यापार , व्यवसाय , पर्यटन , उद्योगमा विशेष जोड दिन आवश्यक पर्छ ।
समग्रमा भन्नुपर्दा , हाम्रो देश नेपाल नेपाल जस्तै सुन्दर शान्त गौतम बुद्धको देश भनेर विश्वमा चिनियोस । म अबको दशकमा देशको परिकल्पना गर्दछु कि हाम्रा प्रारम्भिक आवश्यकताका कुराहरूमा अरूमाथि निर्भर पर्नु नपरोस् । भोजन, कपडा , आवास , शिक्षा , स्वास्थ सम्बन्धि यी हाम्रा प्रारम्भिक आवश्यकताहरू हुन यी कुराहरू हाम्रै मुलुकमा प्राप्त स्रोतसाधनहरूको आधारमा हुनुपर्दछ । र हाम्रा प्राचिन कला , संस्कृति , धार्मिक सहिष्णुता लाई संरक्षण गरि हाम्रा प्रमुख शक्तिका स्रोत नदिनालाहरू , कृषि , पर्यटन , गुणस्तरीय शिक्षा , नयाँ आर्थिक योजना व्यवसायीमुखि कार्यक्रम ल्याउन सके अहिले आम मानसपटलमा छाएको निराशालाई अबको एक दशक भित्र आर्थिक क्षेत्रमा कायापलट बिकास गरि बलियो अर्थतन्त्र बनाउन सकिन्छ भन्ने कुरामा कुनै दुविधा छैन भन्नेमा विश्वास गर्न सकिन्छ ।