• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिमको पुँजीगत बजेट १४.६४ प्रतिशत खर्च

धनगढी,१४ चैत/सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्म दुई अर्ब ७४ करोड ५९ लाख रुपियाँ पुँजीगत (विकास बजेट) खर्च गरेको छ ।

पुँजीगततर्फ जम्मा १८ अर्ब ७५ करोड ५९ लाख रुपियाँ छुट्याएको प्रदेश सरकारले फागुनसम्म कुल विनियोजनको १४.६४ प्रतिशत पुँजीगत बजेट खर्च गरेको हो । चालु खर्चको तुलनामा पुँजीगत बजेट खर्च न्यून रहेको छ । आव सकिन बाँकी रहेको चार महिना अर्थात् अन्तिम चौमासिकभित्र प्रदेश सरकारले १६ अर्ब एक करोड पुँजीगत रकम खर्च गर्नुपर्ने देखिएको छ ।

पुँजीगत बजेट खर्चमा सन्तोषजनक प्रगति हासिल गर्न नसकेको सरकारले चालु खर्च भने ३०.३५ प्रतिशत पु¥याएको छ । फागुन मसान्तसम्म चालुतर्फको बजेट तीन अर्ब ८७ करोड ५४ लाख रुपियाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय धनगढीले जानकारी दिएको छ । सरकारले चालु आवमा चालुतर्फ १२ अर्ब ७७ करोड छ लाख बजेट विनियोजन गरेको छ ।

चालु आवका लागि असारमा प्रस्तुत बजेट सदनबाट पारित हुन नसकेपछि प्रदेश सरकारले असोजमा ३१ अर्ब ५३ करोड ६६ लाख रुपियाँको दोस्रो पटक बजेट ल्याएको थियो । चालु र पुँजीगत गरी हालसम्म छ अर्ब ६२ करोड १३ लाख (२१ प्रतिशत) बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी यज्ञराज पाण्डेयले जानकारी दिनुभयो । प्रदेश सरकारले अझै २४ अर्ब ९१ करोड ५२ लाख ३२ हजार बजेट खर्च गर्न बाँकी रहेको छ ।

विकासे अड्डाका रूपमा काम गर्ने मन्त्रालयकै पुँजीगत बजेट खर्च प्रगति सन्तोषजनक देखिएको छैन । कुल १४ अर्ब १० करोड ६७ लाख रुपियाँ पुँजीगत बजेट पाएको भौतिक पूर्वाधार विकास मन्त्रालयले हालसम्म दुई अर्ब ४७ करोड ६२ लाख रुपियाँ पुँजीगत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । मन्त्रालयको पुँजीगत बजेट खर्च प्रगति १७.५५ प्रतिशत रहेको छ ।

यसै गरी दुई अर्ब ७८ करोड २५ लाख पुँजीगत बजेट रहेको सामाजिक विकास मन्त्रालयले १० करोड ९२ लाख ७५ हजार रुपियाँ खर्च गरेको छ । जम्मा २२.७५ प्रतिशत बजेट खर्च गरेको यो मन्त्रालयको पुँजीगत खर्च प्रगति ३.९३ प्रतिशत मात्रै रहेको छ ।

यस्तै कुल खर्च प्रगति १३.६२ प्रतिशत रहेको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पुँजीगत बजेट खर्च प्रगति ६.५४ प्रतिशत मात्रै रहेको छ । यो मन्त्रालयले हालसम्म १७ करोड ८१ लाख रुपियाँ पुँजीगत बजेट खर्च गरेको छ । उद्योग, पर्यटन तथा वन मन्त्रालयले हालसम्म १० करोड ९१ लाख (२.३३ प्रतिशत) पुँजीगत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ ।

 

बिहिबार, चैत १४, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.