धनगढी, २५ फागुन / त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको डडेलधुरा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी समूहबाट स्ववियु चुनावमा सभापतिको लागि कर्णधामीले उम्मेदवार दिएका छन्। शिक्षालाई राजनीति होइन गुणस्तर आवश्यक छ, भन्ने मूल ध्येयका साथ विद्यार्थी माझ लोकप्रिय रहेका कर्णधामी स्वतन्त्र समूहबाट सशक्त उम्मेदवारका रुपमा आएका छन्।
विगतदेखि डडेलधुरा बहुमुखी क्याम्पसमा विद्यार्थीका हकहितका लागि लड्दै आएका धामीले आफूलाई विद्यार्थी साथीहरुले बहुमतले निर्वाचित गर्ने आशा रहेको बताए । स्वतन्त्र विद्यार्थी समूहबाट आफू उम्मेदवार हुन पाउनु नै सौभाग्यको कुरा रहेको त्यसमा पनि मलाई विश्वास गरी सभापतिको उम्मेदवार बनाएको प्रति आभार व्यक्त गर्दै आफूलाई जिताउनुहुनेछ भन्ने पनि पूर्ण विश्वास रहेको उनले बताए।
शैक्षिक संस्थाहरू ज्ञान, अनुसन्धान र मौलिक सोचको केन्द्र हुनुपर्नेमा अहिले दलीय हस्तक्षेपको शिकार बन्दै गएका छन्। यही कारणले गर्दा विद्यार्थीका वास्तविक समस्याहरू ओझेलमा परेका छन्, प्रशासन उत्तरदायी बन्न सकेको छैन, र हाम्रो शिक्षाको गुणस्तरमा गिरावट आइरहेको छ। यी यावत समस्यालाई समाधान गर्नको लागि आफ्नो उम्मेदवारी रहेको सभापति पदका उम्मेदवार धामीले बताए।
सभापति पदका उम्मेदवार धामीले “शिक्षा राजनीतिबाट मुक्त, शैक्षिक गुणस्तरमा युक्त!” “विद्यार्थीको हकहितको पहरेदार, निष्पक्ष, सक्षम, इमानदार!” “दलीय भागबण्डा हटाउँ, योग्य विद्यार्थीको हक दिलाउँ!” “योग्यता, पारदर्शिता, समान अवसर—अबको स्ववियुको आधार!” “निष्पक्ष नेतृत्वको विकल्प छैन, विद्यार्थी अधिकारमा सम्झौता छैन!” “सैद्धान्तिक होइन, व्यावहारिक ज्ञान—अबको आवश्यकता, अबको अभियान!” “ज्ञान, सीप र संस्कार—सबैको पहुँचमा उच्च शिक्षा अधिकार!” “वैज्ञानिक शिक्षा, उज्ज्वल भविष्य—अब स्ववियुको मुख्य मुद्दा!” “स्ववियु टुक्रा-टुक्रा होइन, एकता, सेवा, र नेतृत्वको नमुना बनाउँ!” “स्वतन्त्र विद्यार्थी समुहको सशक्त आवाज, अबको स्ववियुमा हाम्रो सहभागिता!” “विद्यार्थीका समस्या, हाम्रो प्राथमिकता—संवेदनशील र जवाफदेही नेतृत्व!” “स्ववियु भ्रष्टाचारको अखडा होइन, पारदर्शी नेतृत्वको थलो बनाउँ!” र “हाम्रो नेतृत्व, विद्यार्थीका लागि समर्पित!”भन्ने विचारहरूलाई मुख्य एजेन्डामा राखेका छन्।