१२, फागुन / मैले सिंगापुरका निर्माता ‘लि क्वान यु’ को जीवनीमा आधारीत ‘लि क्वान यु’नामक पुस्तक पढेर आज सके । मैले आफुले पढेर के सिके के गर्न सक्छु, एकातिर म त्यसमा गम्भिर छु । तर देश बनाउने र बिगार्ने काम पुर्णतः नेतृत्वको हुन्छ, भन्नेमा चाहीँ म निसंकोच विश्वास गर्ने पक्षमा छु ।
सिंगापुर कसरी सिंगापुर बन्यो ?
दोस्रो विश्वयुद्धबाट सारा विश्व आतंकित भएको थियो । त्यो समयमा सिंगापुर पनि अछुतो रहने कुरा भएन । सिंगापुर आफैमा सानो राष्ट्र झन त्यसमा एकातिर इन्डानेसिया र मलेसियाको चेपुवा प्रवृत्तिले हायल कायल भएको देखिन्छ । सिंगापुर यी सबै समस्याको निकास दिन सक्ने नेतृत्वको खोजीमा रहेको बेला चिनियाँ मुलका लि क्वान युले सिंगापुरको राजनीतिमा पाइला अघि सारे ।
लि क्वान यु लाई चौतर्फी असहज अवस्था मात्रै थियो । असहज अवस्थाका बीच पनि उनले आफ्नो छुट्टै पार्टी समेत दर्ता गरी विस्तारमा लागे । यसरी उनले सिंगापुर जनताको सदैव नौकर बनेर सन् १९५९ देखि १९९० सम्म प्रत्यक्ष शासन सत्ता हातमा लिएर सिंगापुरको पुनः निर्माणको सपना मात्रै देखे र सफल पनि भए । लि क्वान यु ले यत्ति सम्म गरे की सिंगापुरमा जथाभावी चुइगम खान समेत प्रतिबन्ध लगाए । अर्थात् सिंगापुर बनाउने लि क्वान यु ले कहिले मेरो, म नभनि हामी, हाम्रो भन्ने भावनाकासाथ काम गरेको देखिन्छ । उनको एक एक नीतिले नेतृत्वको सोच क्षणिक हैन दीर्घ कालिन हुनु पर्छ भनेर आजका नेतृत्वलाई मार्ग दशर्न गरिरहेको छ ।
अन्त्यमा सिंगापुर आफैमा सिंगापुर थिएन् लि क्वान यु को अथक प्रयासबाटै सम्भव भएको देखिन्छ । हिड्दै जाँदा यात्रामा कसैको साहारा लिए पनि उचित निर्णय लिन सक्ने क्षमता, आत्मबल र दृढशक्तिले उनको प्रयास सफल भयो र आज सम्म पनि विश्व उनको देश भक्तिका सामु नतमस्तक छ ।
सिंगापुर जस्तो नेपाल यस्तो किन ?
लि क्वान यु नामक पुस्तकमा उल्लेख गरे अनुसार पहिलाको सिंगापुरको अवस्था आज कसैले सायद कल्पना सम्म गर्न नसक्ने थियो रे , कसरी जम्मा ३ दशकको अवधिमा यस्तो भयो लि क्वान यु लाई मात्रै थाहा छ । हाम्रो देशको अवस्था भने कहिले पनि सिंगापुरको जस्तो जर्जर थिएन । यहाँ कहिले आपसी युद्ध थिएन् , पुर्खादेखि सबै मिलीजुली बसेर आएका थिए । नेपाललाई साँझा फुलबारीको उपमा दिइएको थियो । तर आज एउटै आमाका सन्तानका बिचमा आपसी मेलमिलाप छैन् । यो सबै हामीले खोजको स्वतन्त्रताको , पद र प्रतिष्ठाको नयाँ स्वरुप हो ।
पृथ्वीनारायण शाहाले एकिकरण गरेको नेपाल कहाँ गयो,यसको सांक्षी इतिहास छ । आजको नेपाल किन यस्तो यसमा भने वर्तमान सरकार , विभिन्न नाम दिइएका पार्टी र तिनका नाइकेका कारण यो गति भएको हो । कसैले कसैलाई देखि नसक्नु, म , मेरो अर्थात जो कोहीँले पनि मपाइँ गर्दा यो गति भएको हो ।
यहाँ देश बनाउने इच्छाले कोहीँ आएको भए आज अवस्था सिंगापुरको भन्दा अगाडी पुगेको हुन्थ्यो । बिडम्बना हर कोहीँलाई सत्तामा पुग्दा सत्ताको मात लागेर आउछ । सबै बिर्सिन्छन, परिवारवाद , नातावाद , कृपावाद ,भ्रष्टाचार आदी आदीमै सबै सवैले दशकौँ दशक बिताए तर अवस्था भने झन झन जर्जर बन्दै गएको अझै पनि कसैले देखेको छैन ।
देश छिन्न भिन्न गरे, समाज विखन्डित गरे , परिवार परिवारमा कहिले न पुरिने खाडल कोरे , भाइ भाइमा अन्र्तघातको वातावरण सिर्जना गरे यसरी व्यक्ति व्यक्तिको मन ढुङ्गा जस्तो कठोर बनाई, सिंगो हिरा अर्थात् नेपाल आज फगत ढुङ्गामा परिणत गर्न सफल भएका देखिन्छन् ।
मैले लि क्वान यु पढेर सिकेको यदि नेतृत्व देशको साच्चिकै विकास गर्न चाहान्छ भने विभिन्न समुदायलाई अँगाल्न सक्नु पर्छ । जसरी लि क्वान यु ले मुस्लिम , चिनियाँ , भारतीय लगायत सबै समुदायालाई आफ्नै माने र समान ब्यवहार गरे । दीर्घ कालिन नीति र तत्काल निर्णय लिन सके, स्वदेशी उत्पादन , क्षमतालाई सदैव देशमै उचित वाताबरण दिलाएँ । आफ्नो चाहाना भन्दा पनि आम सर्वसाधारणको मतको कदर गरेर काम गरे । यसरी सिंगापुरलाई उनले वाही वाहीको सिंगापुर बनाए ।
अन्त्यमा सवै नेतृत्वा माथी उल्लेखित गुण भए, परिर्वतन जहाँ सुकै पनि सम्भव छ ।
लेखक:- लबदेव धामी