गजल..
गर्भमै सिकेको कुन्छ त्यहीबेला भनेकि हुन,
नभए अनुभ त हुन्छ त्यहीबेला भनेकि हुन।
जागिर नभएर के भो जिन्दगी सकिएको छैन ,
छिमेकीले घरमै डोको बुन्छ त्यहीबेला भनेकि हुन।
उदास किन छ यो बगर किन मौन बसेको छ,
नदिको बेदना सुन्छ त्यहीबेला भनेकि हुन।
एक्लै हिँड्नेहरुले आफ्नो पहिचान बनाएका छन ,
ताराको बिचमा एक्लो जुन्छ त्यहीबेला भनेकि हुन् ।
आसुको स्वाद र समुद्रको पानी उस्ताउस्तै लाग्यो ,
बाबू भगवान पनि रुन्छ ,त्यहीबेला भनेकि हुन।।
लेखक : पदम धामी (कैलाली बहुमुखी क्याम्पसमा स्नातक तह मानविकी संकायमा अध्ययनरत हुनुहुन्छ।)