धनगढी, ९ फागुन / धनगढीमा निर्जिव ढुङ्गाले पनि पत्रकारको आलोचना सहन नसक्ने देखिएको छ । धनगढीको पार्क मोड क्षेउमा रहेका ढुङ्गामा सबै पत्रकारलाई होच्याउँदै पत्रुकार भन्दै व्यङ्ग्य गरिएको छ ।
कुनै एक दुई पत्रकारलाई हेरी सबै पत्रकारलाई एकै दर्जामा राखी व्यङ्ग्य प्रहार गरिएको छ। जीवनभर स्वछन्द पत्रकारिता गर्दै आएका पत्रकारको लागि भने यी शब्दहरू धनुषबाट हानेका तिर सरहकै देखिन्छन् । अभिव्यक्ति स्वतन्त्रको प्रयोग गर्ने अधिकार पत्रकारलाई मात्रै नभई एक/एक नेपालीलाई नेपालको संविधान २०७२ ले दिएको छ। अभिव्यक्ति स्वतन्त्रताको मर्यादालाई ख्याल नगरी कसैको पेशा वा कर्मलाई आक्षेप लाग्ने खालका शब्दहरू प्रयोग गर्नु पनि संविधान विपरीत अर्थात् कानुन विपरीत नै हुन जान्छन्।
यसरी राज्यको चौथो अङ्ग मानिएको पत्रकारिता लाई होच्याउँदै “पत्रुकार होइन पत्रकार बन” भनी निर्जीव ढुङ्गामा लेखेर पत्रकारलाई ढुङ्गाहरुले पत्रकारिता सिकाइरहेको जस्तो आभाष गर्न सकिन्छ। निर्जीव ढुङ्गा भन्दा पनि धनगढीमा पत्रकारिता गर्दै आएका पत्रकारहरु तल्लो स्तरमा रहेको यस ढुङ्गामा रहेको भनाइबाट स्पष्ट हुन्छ।
नेतृत्वले आलोचना सहन नसके पछि पत्रकारलाई ढुङ्गाबाट प्रहार गर्न खोजिएको अधिकांश पत्रकारहरूको भनाई छ।
