• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

अजयमेरुकोटलाई सम्भावित विश्व सम्पदा सूचीमा राख्न सुझाव

धनगढी,८ फागुन । पुरातत्त्व विभागका प्रमुख पुरातत्त्व अधिकृत एवं पुरातत्त्वविद् भास्कर ज्ञवालीले ऐतिहासिक तथा प्राचीन अजयमेरुकोटलाई सम्भावित विश्व सम्पदा सूचीमा राख्न आवश्यक रहेको बताउनु भएको छ ।

जिल्ला समन्वय समितिको समन्वय र अजयमेरु गाउँपालिकाको आयोजनामा बुधबार कोट क्षेत्रमै आयोजना गरिएको प्रजातन्त्र दिवसका अवसरमा उहाँले अजयमेरुकोटको विशिष्ट कलाकृति र निर्माणशैली कर्णाली नदीभन्दा पूर्वमा रहेका देवलहरूभन्दा फरक रहेको बताउनुभयो ।

अजयमेरु गाउँपालिकाले चालु आर्थिक वर्षमा ९० लाख रुपियाँ विनियोजन गरेपछि उहाँसहित पुरातत्त्व विभागको एक टोलीले अजयमेरुकोट क्षेत्रमा पहिलो पटक उत्खनन र अध्ययन गरिरहेको छ ।

उहाँका अनुसार यहाँको कलाकृति र निर्माण शैली फरक भएका कारण यो कत्युरी राजवंशको प्रभाव क्षेत्र नै हो । यहाँ बिचमा मण्डप बनाएर दायाँ बायाँ देवल बनाउने शैली छ । उहाँले भन्नुभयो, बैठक कक्ष र नाउलाहरु विशिष्ट किसिमका छन् । यो नेपालकै उत्कृष्ट कलाकृतिका रूपमा रहेको छ ।

पुरातत्त्व विभागले यसैको महत्वलाई ध्यानमा राखेर २०६५र०६६ मै यसलाई ‘क’ वर्षको वर्गीकरणमा सूचीकरण गरेको उहाँले बताउनुभयो । कर्णाली र सुदूरपश्चिम प्रदेशमा रहेका जति पनि सम्पदा, मनोमेन्टहरु छन्, ती भन्दा यो क्षेत्रका महत्त्वपूर्ण रहेको उहाँले बताउनुभयो ।

म परियोजनाको प्रमुख भइसकेपछि २०६५र०६६ देखि २०७०र०७१ सम्म देवल, मण्डलीहरूको पुनः निर्माणको काम अघि बढाएको थिए ,उहाँले भन्नुभयो, पुनः निर्माण पनि गरेको थिए । पुरातत्त्व विभागको टोलीले राम्रो काम पनि गरेको थियो । तर स्थानीय निर्माण व्यवसायीहरूले काम गर्दा गुणस्तर गतिलो नभएपछि पुरातत्त्व विभागले काम रोकेको हो ।

उहाँका अनुसार अजयमेरुकोट थुप्रै किसिमका १३ औँ, १४ औँ शताब्दीका कोटदेखि लिएर किल्लाको रूपमा रहेको छ । अजयमेरुकोट भनिए पनि कोट मात्रै नभएर दरबारका भग्नावशेषहरू, डबलीहरू, सुरक्षा गर्न बनाइएका टावरहरू, रानी गुफा, कुवाहरू राजदरबारसँग सम्बन्धित थुप्रै संरचनाहरू उत्खनन गरेको स्थानमा रहेको उहाँले बताउनुभयो ।

यसैसँग जोडिएको हाट गाउँमा ढुङ्गे देवलहरू, मण्डली र नाउलाहरु रहेका छन् । कोट आफैमा सार्वजनिक स्वामित्वमा रहेको छ । तर हाट गाउँमा रहेका ढुङ्गे देवलहरू, नाउला र मण्डलीहरू नीति स्वामित्वमा रहेका छन् ।

निरय पाल र नागी मल्लको अभिलेख नै पाइएको छ । उहाँले भन्नुभयो, पहिले नपढिएका केही अभिलेखहरू अहिले हामीले उतार गरेका छौ । यसको क्रस चेक गर्छौ । विषय विज्ञहरूसँग बसेर अध्ययन गर्छौ । यहाँ १३ औँ शताब्दीका संरचनाहरू यत्रतत्र छरिएर रहेका छन् ।

अहिलेसम्म गरिएको उत्खनन र अध्ययन अनुसन्धानबाट अजयमेरुकोटमा दुई तलाको करिब १४ कोठे दरबार भएको हुनसक्ने देखिएको उहाँले बताउनुभयो । बिचमा गल्ली, एकातिर तीन र अर्कोतिर चार कोठा गरेर भुईँ तलामा सात र माथि जाने ढुङ्गाको सिँढी पनि भेटिएकाले दुई तले भवनमा करिब १४ कोठाको मुख्य दरबार रहेको हुनसक्ने खुलेको उहाँले बताउनुभयो ।

मुख्य दरबार क्षेत्रमा दरबारसँगै एक तले भवन, मण्डली, सुरक्षा टावरलगायतका गरी १० वटा ढुङ्गे संरचना भएको भेटिएको उहाँले बताउनुभयो ।

एक त यो क्षेत्र विश्व सम्पदा सूचीमा सबैभन्दा पहिलो राख्नु पर्ने क्षेत्रका रूपमा रहेको छ । उहाँले भन्नुभयो, योभन्दा कमजोर क्षेत्र दैलेखको घुर्तिघाह आजभन्दा झण्डै २६ वर्ष अगाडी १९९६ मा नै विश्व सम्पदा समायोजन सूचीमा परेको छ । यो कुनै पनि हालतमा विश्व सम्पदाको सम्भावित सूचिमा सूचिकृत गर्न योग्य ठाउँ हो । पुरातत्त्व विभागको विश्व सम्पदा शाखाबाट चालु आर्थिक वर्षमा नै यसको अध्यायका लागि साथीहरू आउँदै छन् ।

बिहिबार, फागुन ०८, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.