बाजुरा , ७ फागुन / नेपाली काँग्रेस बुढिगंगा नगरकार्य समितिले भानोदय माविमा भव्य कार्यक्रमको आयोजना गरि दोस्रो बार्षिक नगर सम्मेलन सम्पन्न गरेको छ । पार्टीका विशिष्ठ व्यक्तिहरूको उपस्थितिमा सम्पन्न भएको सम्मेलनमा संगठन सुदृढीकरणलाई विशेष जोड दिईएको छ ।
उक्त कार्यक्रममा पार्टीका क्रियाशिल सदस्यहरूलाई थप क्रियाशिल बनाउन र संगठन निर्माणमा नेतृत्वले खेल्नु पर्ने भुमिकाका सवालमा विभिन्न व्यक्तिहरूले आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा प्रजातान्त्रिक आन्दोलन र पार्टी संगठनका निम्ति ज्यानको आहुती गरेका शेर बहादुर शाह, आइते सेराला र धन बहादुर खातीको परिवार तथा नेपाली काँग्रेसको संगठन निर्माणमा निरन्तर क्रियाशिल व्यक्तित्व गोकुल बहादुर शाह, रामप्रसाद जोशी लगायतका व्यक्तिलाई सम्मान गरिएको छ ।
नगर सभापती जयराज उपाध्यायको अध्यक्षतामा आयोजना भएको सम्मेलनको प्रमुख आथित्यता पूर्व पार्टी सभापती तथा संविधानसभा सदस्य, सुदूरपश्चिम प्रदेशका निवर्तमान प्रदेश प्रमुख देवराज जोशीले ग्रहण गर्नुका साथै उक्त कार्क्रममा पूर्व पार्टी सभापती कविराज पंण्डित, प्रदेश कमिटी सदस्य धनराज पंण्डित, पार्टी सचिव तिलख पुरी, नेता चक्र शाह लगायतको उपस्थिती रहेको थियो ।