लवदेव धामी
७ फागुन / के तपाईले पनि आफ्नो फेसबुक प्रोफाइल लक नगरि प्रोफेसनल गर्नु भएको छ , त्यसो हो भने समयमै प्रोफाइल लक गर्नुहोस्। यो मैले भनि रहँदा धेरैलाई मजाक गरे जस्तै लाग्यो होला तर यो सत्य हो ।
दिन दिनै सामाजिक सञ्जालको जञ्जाल फैलिदै छ । जसले गर्दा हामी एक एक निमेषमा खतरा पार गरिरहेका छौँ । यस्ता घटना विगतमा घटे र अझै घट्दै छन् तर हामी सचेत नबनी झन रमिते बनि रहेका छौ। यसो गर्नाले हाम्रो पालो पनि छिट्टै आएको संकेत गर्दछ ।
म कसै संग कुरा गर्दैन , म फ्रेन्ड रिक्वेस्ट पठाउँदैन् या भनु धेरै समय सामाजिक सञ्जालको प्रयोग गर्दैन भनेर वेवास्ता नगर्नुस् मेरो आग्रह छ ।
अब मेरो घटना भन्छु , म सधैँ सामाजिक सञ्जालको प्रयोग सचेत भएर गर्छु यसमा दुई मत छैन। जहाँसम्म मलाई लाग्छ मैले कुनै त्यस्तो असर पर्ने सामाग्री आफुले पोस्ट गरेको पनि छैन।
फागुन ५ गते अञ्जली शर्मा नाम गरेको फेसबुक एकाउण्ट बाट मलाई फ्रेन्ड रिक्वेस्ट आयो मैले हेर र छोडि दिए एसेप्ट गरिन । एक छिन पछी मलाई फेसबुकमा फलो समेत गरियो । त्यती बेला सायद मेरो फेसबुकबारे सबै जानकारी लिइएको रहेछ । मेरो फेसबुकमा मैले आबद्ध भएका संस्था र अन्य सबै राखेको छु । यो देखेर ती मान्छेलाई यो मान्छे अलि चर्चित रहेछ भन्ने लागेर बदनाम गर्ने, धम्कीदिएर लुट्ने पलान गरेको हुन सक्छ।
मेरो फेसबुक प्रोफाइलबाट मेरो फोन नम्बर जुन मेरो ह्वाट्सएप नम्बर समेत रहेको थियो , त्यहीँबाट लगेर हुन सक्छ ह्वाट्सएपमा मेसेज आयो । जस्मा नाम थियो “लभ यु” मैले मेसेज सिन गरे र छोडि दिए । यसरी मेसेज आइ रहँदा रिप्लाई दिएँ । अनि भिडियो कल रिसिभ गर भन्दै मेसेज आयो तर गरिन् अलिक कुरा गर्दै टुङ्ग्याए ।
६ गते साँझ पनि मेसेज आयो अनि मेसेज आयो मैले नि अनेक रिप्लाई दिएँ भिडियो कल रिसिभ गर्न भनियो अनि हुन्छ भनेर रिसिभ गर्ना साथ उता बाट अश्लिल हर्कत देखाइयो । मैले फोन उठाउदा केही समय लागि हाल्यो, तब मलाई चिन्ने गरी मेरो अनुहार भिडियो कलमा देखियो । जुन म हेर्दै गरेको भिडियो क्लिप रेकर्ड गरेछ । तर म हेरीरहेको थिइन् फोन उठाउदा र काट्दा देखिइ हाले ।
फेरि पनि फोन गर्दा मैले काँटे मैले मेसेजमा गाली गरे फेरि फोन गर्दा मैले नि उस्तै हर्कत देखाउने प्रयास गर्दै गाली गरे । जो रेकर्ड गरी मलाई अनेक थरि मेसेज गर्दै साथी सर्कलमा पठाइदिने , इज्जत वचाउनेकी भिडियो डिलिट गर्ने, भिडियो डिलिट गर्न चार्ज लाग्छ भन्दै मेसेज आयो ।
सुरुमा मैले हल्का रुपमा लिए, म केही दिन्नँ भने , तर त्यही इडिट गरि एकै छिनमा मेरो चरित्र माथि प्रश्न उठ्ने तरिकाले भिडियो बनाइ सबैलाई पठाउने भन्दै मेसेज आयो , त्यस बेला म अत्तालिए र भने डिलिट गर यो के हो नाटक , अनि भन्छ १५ हजार म तीन छक्क परे मसँगै छैन भने , १० हजार हुँदै ५ हजार भन्दै भिडियो पठाउदै गरेका मेसेज पठाउन थाल्यो , अब के गर्ने सोचे त्यो समयमा दिमागले पनि काम गरेन , मैले १महजार हालि दिन्छु डिलिट गर भने , फेरि २ हजार हाल भन्छ , यसरी कुरा गर्दा गर्दै उस्ले पठाएको मुकेश कुमार महारा नामको ई-सेवा क्युआरमा म सँग भएको १५ सय हाली दिए । अब फेरि ५ हजार पठा भन्छ तब मलाई ब्ल्याक मेलको शिकार भैसकेको आभाष भयो ।
मैले जे गरे गरोस् भनि त्यो मान्छेलाई बल्क गरे ह्वाट्सएप नम्बर चेन्ज सँगै फेसबुक प्रोफाइल समेत लक गरे । अब कतै भिडयो साथीहरूकोमा सायद आउन पनि सक्छ। मलाई डर पटक्कै छैन।
यो घटनाको शिकार जसरी म भए अरु पनि नहोलान् भन्न सकिन्न, त्यसैले सामाजिक सञ्जालको प्रयोग गर्दा समयमै विशेष सावधानी अपनाउन सके बच्न सकिने छ । म यस घटनामा पर्नुको कारण फेसबुक प्रोफाइल लक नगर्नु र फेसबुक र ह्वाट्सएप एकै नम्बरमा खोल्नु लगायतका छन्।
अब यस्ता विषयहरुमा यहाँहरुको सचेतना हुनु अति आवश्यक छ।
