धनगढी, ११ माघ / नेपाल तेक्वान्दोको ब्ल्याक बेल्ट प्रथम र दोश्रो डानको ग्रेडिङ्ग भएको छ । नेपाल तेक्वान्दो संघको नियमित तालिका अनुसार ५७ औं समूहको ग्रेडिङ्ग भएको हो । कैलाली जिल्लामा रहेका खेलाडीहरुको ग्रेडिङ्ग कार्यक्रम संयोजक तथा कैलाली जिल्ला तेक्वान्दो संघका उपाध्यक्ष आशिष चन्दको नेतृत्वमा ग्रेडिङ्ग भएको हो ।
संयोजक एवम् उपाध्यक्ष चन्दका अनुसार प्रथम डान ग्रेडिङ्गमा ३७ जना र दोश्रो डान ग्रेडिङ्गमा १३ जना खेलाडिको सहभागिता रहेको थियो ।
कैलाली जिल्ला तेक्वान्दो संघका अध्यक्ष बुद्धिबहादुर खड्को प्रमुख आतिथ्यतामा भएको ग्रेडिङ्ग कार्यक्रममा डोजाङ्ग प्रमुखहरुको उपस्थिति रहेको थियो ।